२१ मंसिर २०८२, आइतबार | December 7, 2025

एन्फाको निर्वाचन कमिटी गठन



काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६ औँ कार्यसमिति बैठकले निर्वाचन समितिको अधिवक्ता श्रीराम दबाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।

त्यसैगरी सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रिती कार्की रहेका छन् । निर्वाचन समितिमा मनोनयन गर्न सङ्घको २० औँं विशेष साधरणसभा बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय गरेको छ ।

यसैगरी निर्वाचन पुनरावेदन समितिको संयोजकमा अधिवक्ता विष्णु लुइँटेल र सहसंयोजकमा सुधा रिजाल, सदस्यमा केशवमणि अर्याल, वैकल्पिक सदस्यमा यज्ञबहादुर राना र राजेन्द्र इंगनाम रहेका छन् ।

उनीहरूको इन्ट्रीग्रिटी जाँच एन्फा लेखापालन तथा अनुपालक समितिले गर्नेछ । यस निर्णयपछि फिफा र एएफसीमा पठाइनेछ ।

त्यस्तै बैठकले आर्थिक वर्ष २०७७/७८ मा १९ औँ वार्षिक साधारणसभाबाट अनुमोदित वार्षिक कार्यक्रम विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीले स्थगन भएको हुँदा उक्त अनुमोदित बजेटलाई २०७८/७९ को आर्थिक वर्षभित्र रकमान्तर गरी खर्च गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : ५० बजे

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल

मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने

धनुषा । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको