८ बैशाख २०८१, शनिबार | April 20, 2024

कपिलवस्तुमा गाडिएको अवस्थामा युवतीको शव फेला



काठमाडौं । कपिलवस्तुमा गाडेको अवस्थामा युवतीको शव फेला परेको छ । प्रहरीले यसोधारा गाउँपालिका–८ सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव गाडेको अवस्थामा फेला पारेको हो ।

निसाको शव उत्खनन गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको हत्या गरी गाडेको आशंकामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र ससुरा ५० वर्षीय अब्बास अलिभाटलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर केसीका अनुसार रहिसुन माघ १९ गते राति बिरामी भएको र त्यसपछि परिवारका सदस्यले झुन्डिएर मृत्यु भएको भन्दै केही छिमेकीलाई बोलाएर मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर काठमा राखी माथिबाट ढक्कन लगाएर शव गाडिएका थिए ।

घटनाको सूचना पाउना साथ प्रहरीले शवको उत्खनन् गरेको थियो । लगत्तै हत्या आशंकामा मृतकका श्रीमानलाई र ससुरालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : १४ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले