२८ भदौ २०८३, आइतबार | September 13, 2026

कपिलवस्तुमा गाडिएको अवस्थामा युवतीको शव फेला



काठमाडौं । कपिलवस्तुमा गाडेको अवस्थामा युवतीको शव फेला परेको छ । प्रहरीले यसोधारा गाउँपालिका–८ सिंहखोरकी २० वर्षीया रहिसुन निसाको शव गाडेको अवस्थामा फेला पारेको हो ।

निसाको शव उत्खनन गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनको हत्या गरी गाडेको आशंकामा प्रहरीले उनका २२ वर्षीय श्रीमान् मोहम्मद नसिम अलिभाट र ससुरा ५० वर्षीय अब्बास अलिभाटलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दानबहादुर केसीका अनुसार रहिसुन माघ १९ गते राति बिरामी भएको र त्यसपछि परिवारका सदस्यले झुन्डिएर मृत्यु भएको भन्दै केही छिमेकीलाई बोलाएर मुस्लिम मृत्यु संस्कार अनुसार खाडल खनेर काठमा राखी माथिबाट ढक्कन लगाएर शव गाडिएका थिए ।

घटनाको सूचना पाउना साथ प्रहरीले शवको उत्खनन् गरेको थियो । लगत्तै हत्या आशंकामा मृतकका श्रीमानलाई र ससुरालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : १४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-८ का युवाले आफ्नो गाउँ आफैँ

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

बागलुङ । भदौ ८ गते दिउँसोदेखि नै ताराखोला गाउँपालिका-४ विसौनाकी

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

वालिङ । स्याङ्जाको वालिङ-१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार