४ पुस २०८२, शुक्रबार | December 20, 2025

राहदानी विभागको अनलाइन फर्म कीर्ते गरेको आरोपमा तीनजना पक्राउ



काठमाडौं । राहदानी विभागको अनलाइन फर्म कीर्ते गरेको आरोपमा महानगरीय प्रहरी परिसरले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका-७ सिन्धुपाल्चोक घर भई काठमाडौंको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेसीसहर गाउँपालिका(११ घर भई टोखा बस्दै आएका ४० वर्षीय नविनकुमार श्रेष्ठ र वीरेन्द्रनगर नगरपालिका(१२ सुर्खेत बस्‍ने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् ।

त्रिपुरेश्‍वरस्थित राहदानी विभागको हाता बाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल उपर गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट प्रहरी टोली परिचालित भई खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले कम्‍युटर, ल्‍यापटप र प्रिन्टर एकरएक वटा तथा ४० हजार नगद र ५० थान कीर्ते गरिएका कागजपत्र बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको अनुमति लिइ थप अनुसन्धान भइरहेको । महानगरीय प्रहरी परिसर काठमाडौं जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : २२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको