२१ माघ २०८२, बुधबार | February 5, 2026

राहदानी विभागको अनलाइन फर्म कीर्ते गरेको आरोपमा तीनजना पक्राउ



काठमाडौं । राहदानी विभागको अनलाइन फर्म कीर्ते गरेको आरोपमा महानगरीय प्रहरी परिसरले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुगल गाउँपालिका-७ सिन्धुपाल्चोक घर भई काठमाडौंको सोल्टिमोड बस्ने ३५ वर्षीय दिनेश तामाङ, लमजुङ बेसीसहर गाउँपालिका(११ घर भई टोखा बस्दै आएका ४० वर्षीय नविनकुमार श्रेष्ठ र वीरेन्द्रनगर नगरपालिका(१२ सुर्खेत बस्‍ने ३६ वर्षीय यम बहादुर थापा मगर रहेका छन् ।

त्रिपुरेश्‍वरस्थित राहदानी विभागको हाता बाहिर राहदानीको अनलाइन फर्मको किर्ते गरी सेवाग्राहीहरुबाट रकम असुल उपर गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट प्रहरी टोली परिचालित भई खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले कम्‍युटर, ल्‍यापटप र प्रिन्टर एकरएक वटा तथा ४० हजार नगद र ५० थान कीर्ते गरिएका कागजपत्र बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि ‘कीर्ते गर्न नहुने’ कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको अनुमति लिइ थप अनुसन्धान भइरहेको । महानगरीय प्रहरी परिसर काठमाडौं जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ८ : २२ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता