१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

बस र ट्रक ठोक्किँदा आगलागी, तीन जनाको मृत्यु



सुनसरी । सुनसरीको कोशी गाउँपालिकास्थित लौकहीमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

गएराति २ बजे ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बस र निर्माण सामग्री बोकेको ना ६ ख २९९६ नमबरको बस एकआपसमा ठोक्किएका हुन् । दुर्घटना हुँदा आगलागी भएको छ ।

बस र ट्रक ठोक्किए लगत्तै आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा बस जलेको छ । बसमा सवार १५ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरुको विराटनगर र इनरुवाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ । उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा बसमा पूर्ण रुपमा क्षति भएको छ । त्यस्तै, ट्रकमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ७ : ५७ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति