१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना अपडेट : ८ जना मृतक मध्ये ५ जनाको पहिचान खुल्यो



प्युठान । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप शनिबार बिहान ३ बजे गौमुखी-६ ओखरपाटामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थल र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षिय खिमबहादुर खत्री, ५० वर्षीय नन्दि खड्काको ज्यान गएको हो । अन्यको पहिचान खुल्न बाँकी छ ।

दुर्घटनामा गम्भिर घाइते भएका बेहुला‍-बेहुलीसहित पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ४७ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति