२७ भदौ २०८३, शनिबार | September 13, 2026

घरभाडामा बस्ने भारतीयहरुबाट घरधनीका परिवारलाई बेहोस बनाई लुटपाट



धनगढी। कञ्चनपुरमा भाडामा बस्दै गरेका भारतीयहरुले घरबेटीको परिवारका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन् । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–३ को शुभप्रभात टोलका सन्तोष पाण्डेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर सोही घरमा लुटपाट भएको हो ।

कोठा भाडा लिएर बस्दै आएका दुई जना भारतिय नागरिकले घरबेटीका सबैलाई बेहोस बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरु उक्त घरमा दुई दिन अगाडि मात्र भाडामा बस्न आएका थिए ।

भारतीय नागरिकले मिठाई र केकमा नशालु पदार्थ खुवाई लुटपाट गरेका थिए । गरगहना, नगद, मोबाइल, कम्प्युटर लगायतका सरसामान चोरी गरेका छन् । लुटपाटमा संलग्न भारतीय नागरिकको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ५१ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित