१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

घरभाडामा बस्ने भारतीयहरुबाट घरधनीका परिवारलाई बेहोस बनाई लुटपाट



धनगढी। कञ्चनपुरमा भाडामा बस्दै गरेका भारतीयहरुले घरबेटीको परिवारका सबै सदस्यहरुलाई बेहोस बनाएर लुटपाट गरेका छन् । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–३ को शुभप्रभात टोलका सन्तोष पाण्डेका परिवारका सबै सदस्यलाई बेहोस बनाएर सोही घरमा लुटपाट भएको हो ।

कोठा भाडा लिएर बस्दै आएका दुई जना भारतिय नागरिकले घरबेटीका सबैलाई बेहोस बनाएर लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरु उक्त घरमा दुई दिन अगाडि मात्र भाडामा बस्न आएका थिए ।

भारतीय नागरिकले मिठाई र केकमा नशालु पदार्थ खुवाई लुटपाट गरेका थिए । गरगहना, नगद, मोबाइल, कम्प्युटर लगायतका सरसामान चोरी गरेका छन् । लुटपाटमा संलग्न भारतीय नागरिकको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ९ : ५१ बजे

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’