२० मंसिर २०८२, शनिबार | December 6, 2025

पत्रकार परिचयपत्र देखाउँदै प्रहरीसँग वार्गेनिङ गर्ने पक्राउ



नेपालगन्ज । पत्रकारको आवरणमा  नेपालगन्जमा प्रहरीसँग  वार्गेनिङ गर्न पुगेका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । आफुलाई पत्रकार भएको बताउँदै परिचय पत्र देखाएर नेपालगन्ज भन्सारमा खटिएका नेपाल प्रहरीका जुनियर अफिसरसँग पैसा माग्न पुगेका मनोज तमोलीलाई प्रहरीले पक्राउ गरेको हो ।

तमोलीले नेपालगन्ज भन्सार सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कुलबहादुर रावतसँग १० हजार रकम मागे पछि प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तमोलीले १० हजार रकम नदिए समाचार बनाइदिने भन्दै धम्काएका थिए । जानकी गाउँपालिका–६ गनापुर निवासी तमोलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बाँके प्रहरीले जानकारी दिएको छ ।

जमुनाहा प्रहरीका इन्चार्ज मिनबहादुर विष्टका अनुसार अनावश्यकरुपमा प्रहरीलाई धम्काएर रकम मागेको पाइएपछि तमोलीलाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : २३ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले