२० मंसिर २०८२, शनिबार | December 6, 2025

देशकै पहिलो तीनमुखे झोलुङ्गेपुल निर्माणको अन्तिम चरणमा



काठमाडौं । तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण अन्तिम चरणमा पुगेको छ ।

पुल निर्माण सम्पन्न भएपछि आकर्षणको केन्द्र बन्नुका साथै टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बन्ने देखिएको छ । तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नेगरी २०७१ साल असार १० गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकोमा सात वर्षमा निर्माणले बल्ल पूर्णता पाउन लागेको छ । पुलले स्याङ्जाको कालीगण्डकी-१ कारिकोट चन्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका-१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका-१ रिडीलाई जोड्नेछ ।

नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँ बाटो-रुबिना-मना-जेबीले ललितपुरको पुल्चोकस्थित स्थानीय पूर्वाधार विभागअन्तर्गतको झोलुङ्गेपुल शाखासँग पुलको ठेक्का सम्झौता गरेको थियो । कालीगण्डकीमा बनाइएको झोलुङ्गेपुलको मुख्य पिलरको लम्बाइ १७७.४ मिटरको छ । पिलर तीन जिल्लाको मध्यभागमा पर्नेगरी निर्माण गरिएको छ ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले नेपालकै आकर्षक र धेरै जनता लाभान्वित हुने पुल निर्माणकार्य ढिलाइ भए पनि अब आशा पलाएको बताए । निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र अधिकारीले अहिले काम तीव्र गतिमा अगाडि बढेको बताउँदै बीचमा प्राविधिक समस्याका कारण ढिलाइ भए पनि अब कामले पूर्णता पाउने बताए । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : ५१ बजे

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति