१७ बैशाख २०८१, सोमबार | April 29, 2024

हुम्लामा हिमपातले खोप अभियान प्रभावित, हवाई सेवा अवरुद्ध, जनजीवन कष्टकर



सिमकोट । हुम्लामा बिहीबार साँझदेखि परेको भारी हिमपातले जनजीवन प्रभावित बनाएको छ । हिमपात शनिबार बिहानबाट रोकिए पनि चिसोले स्थानीयको दैनिकी कष्टकर भएको छ ।

एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्नसमेत थप कठिनाइ उत्पन्न भएको छ । सदरमुकाम सिमकोटमा झण्डै साढे एक फिटसम्म हिउँ जमेको छ भने होचो स्थानीमा दुई फिट बढी हिउँ जमेको छ । जिल्लाको तापक्रम माइनस ९ डिग्रीसम्म पुगेको छ ।

दुई दिनदेखि लगातार परेको भारी हिमपातका कारण हुम्लाको अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा ठप्प भएको छ । हिमपातले दैनिक रुपमा उडान भर्दै आएको एक मात्र यातायातको साधन हवाई सेवा बन्द भएको हो ।

हवाई सेवा उडान नभर्दा विभिन्न सामग्रीको अभाव हुने देखिएको छ । हवाई सेवा अवरुद्ध हुँदा जिल्ला बाहिर जाने यात्रुलाई समेत समस्या बनाएको छ । हिमपातले हवाई सञ्चालनमा अउन नसकेपछि बजार व्यवसायीको दैनिक उपभोग्य सामानको अभाव भएको छ । नेपालगञ्ज र सुर्खेतबाट दैनिक आउने गरेको तरकारी, र मासु हवाई सेवा अवरुद्ध हुँदा ठप्प भएको छ ।

सदरमुकाम सिमकोटदेखि करिब ११ किलोमिटर गाडी सञ्चालन हुने खार्पु सडकखण्डसमेत अवरुद्ध बनेको छ । बाक्लो हिउँ जम्दा छोटो दूरीका गाडी सञ्चालनमा आउन नसकेका हुन् ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा चार फिटभन्दा बढी हिमपात भएको छ । नाम्खा गाउँपालिको जिल्लाको उच्च पालिकामा पर्ने भएकाले यहाँ जिल्लाको सबैभन्दा बढी हिमपात हुने गर्दछ । यस क्षेत्रमा भारी हिमपात हुँदा एक गाउँबाट अर्को गाउँसम्म पुग्नलाई समेत कठिनाइ भएको छ । हिल्सा, न्यालु, यारी लगायतका क्षेत्रको आवतजावत बन्द भएको छ ।

 

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  १० : ४७ बजे

लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार

काठमाडौं । काठमाडौँमा हिजोदेखि सुरूभएको तेस्रो लगानी सम्मेलनमा नेपालले ‘लगानीमा

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना