१२ बैशाख २०८१, बुधबार | April 24, 2024

काठमाडौं उपत्यकामा आजदेखी हट्यो सवारीसाधनमा जोरबिजोर प्रणाली



काठमाडौं । काठमाडौं उपत्यकाका सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणाली आजबाट हटेको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिशका आधारमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

बैठकपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी छुट्टाछुट्टै आदेश जारी गरी आजबाट जोर-बिजोर प्रणाली लागू नहुने जनाएका छन् । तर, सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।

त्यस्तै, सीट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने नियम यथावत रहेको छ । मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्न पाउने गरी स्यानिटाइजर व्यवस्था गर्नपर्ने आदेशमा भनिएको छ ।

यससँगै चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारी साधनलाई निःसंक्रमित गर्नुपर्ने, मास्क नलगाई आएको अवस्थामा पाँच रुपैयाँमा पाउने गरी मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश दिन नहुने प्रमुख जिल्ला अधिकारीहरुको आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : २४ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको