२२ भदौ २०८३, सोमबार | September 8, 2026

काठमाडौं उपत्यकामा आजदेखी हट्यो सवारीसाधनमा जोरबिजोर प्रणाली



काठमाडौं । काठमाडौं उपत्यकाका सवारी साधनमा लागू गरिएको जोर–बिजोर प्रणाली आजबाट हटेको छ ।

काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिशका आधारमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

बैठकपछि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी छुट्टाछुट्टै आदेश जारी गरी आजबाट जोर-बिजोर प्रणाली लागू नहुने जनाएका छन् । तर, सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने आदेशमा उल्लेख छ ।

त्यस्तै, सीट क्षमताभन्दा बढी यात्रु राख्नु नपाउने नियम यथावत रहेको छ । मास्क अनिवार्य, सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्न पाउने गरी स्यानिटाइजर व्यवस्था गर्नपर्ने आदेशमा भनिएको छ ।

यससँगै चालक तथा सहचालकले मास्क र फेस–सिल्ड लगाउनुपर्ने, सवारी साधनलाई निःसंक्रमित गर्नुपर्ने, मास्क नलगाई आएको अवस्थामा पाँच रुपैयाँमा पाउने गरी मास्क उपलब्ध गराउनुपर्ने, मास्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश दिन नहुने प्रमुख जिल्ला अधिकारीहरुको आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ७ : २४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार