१४ बैशाख २०८३, सोमबार | April 27, 2026

नेपाल एयरलाइन्सले ग्राउण्डेड जहाजलाई इन्जिन भाडामा लिएर उडाउने



काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले इन्जिनमा समस्या आएर कतारको दोहामा ग्राउण्डेड न्यारो बडी ए–३२० जहाजलाई भाडामा लिएर उडाउने भएको छ ।

निगमको उक्त जहाज २८ डिसेम्बर २०२१ मा काठमाडौँ दोहा नियमित उडानमा सुरक्षित अवतरण पश्चात् पार्किङ गर्ने क्रममा जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या देखिएको थियो । नेपाल एयरलाइन्सका अनुसार दोहास्थित कतार एयरवेजका इन्जिनियरले जहाजको निरीक्षण गर्दा बाँया तर्फको इन्जिनमा आन्तरिक खराबी पहिचान भएको थियो ।

इन्जिन फेर्नुर्ने प्राथमिक राय प्राप्त भएअनुरुप निगम व्यवस्थापनले जहाजलाई थथासक्दो छिटो उडानयोग्य अवस्थामा ल्याउन इन्जिन भाडामा लिन लागेको हो । प्राविधिक प्रतिवेदनको आधारमा निगमको नियम बमोजिम इन्जिन भाडामा लिने प्रयोजनका निम्ति ९ जनवरी २०२२ मा आरएफपी आह्वान गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

इच्छुक कम्पनीबाट प्रस्ताव प्राप्त गरी उक्त प्रस्ताव मूल्यङ्कनको आधामारमा बोलपत्रबाट एमटीयू मेन्टिनेन्स लेन्स सर्भिसबाट छनोट गरी इन्जिन भाडामा लिइने प्रक्रिया अगाडि बढाइएको र उक्त समस्याग्रस्त इन्जिनको मर्मतका लागि निगमले २४ जनवरी २०२२ मा बोलपत्र आह्वान गरिसकेको उल्लेख गरेको छ । निगमको आन्तरराष्ट्रिय उडानका लागि दुई थान वाईड बडी र दुई थान न्यारो बडी जहाज छन् ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ८ : २४ बजे

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती

सात वर्षीय बालकले राखे थोरङ्लापास पारको कीर्तिमान

पोखरा ।  ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्