१४ बैशाख २०८३, सोमबार | April 27, 2026

विश्व इतिहासमा आज : अभियोगीलाई घातक ग्यास प्रयोग गरी मृत्युदण्ड दिइएको त्यो दिन



काठमाडौं । आज सन् २०२२ को ८ फेब्रुवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज इतिहासमा भएका केही घटना:

घातक ग्यास प्रयोग गरी मृत्युदन्ड

सन् १९२४ एक जना अभियोगीलाई मृत्युदण्ड दिन लेथल ग्यास प्रयोग गरिएको थियो । नेभाडा राज्यको एउटा कैदमा हत्याको अभियोगमा मृत्युदन्ड सुनाइएका गी जोनलाई सो ग्यास लगाएर मृत्युदन्ड दिइएको थियो ।

ग्वाडलक्यानल कब्जा

दोस्रो विश्वयुद्धको समयमा लामो रक्तपातपछि जापानी सेनाको नियन्त्रणमा रहेको ग्वाडलक्यानललाई अमेरिकाले कब्जा गरेको थियो । सन् १९४२ को अगस्टमा सुरु भएको हमला सन् १९४३ को फेब्रुबरीमा समाप्त भएको थियो । ८ फेब्रुवरीमा जापानको सबै सेनाले ग्वाडलक्यानल खाली गरेको थियो ।

तास्मेनियाको आगजनीमा ६२ जनाको मृत्यु

सन् १९६७ मा अस्ट्रेलियाको टापु राज्य तास्मेनियाको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेका कारण ६२ जनाको मृत्यु हुनुका साथै हजारौं जना घरबारबिहीन भएका थिए । आगोले मानिसहरुको बसोबास रहेको होवार्ट सहर घेर्दा सो क्षेत्रमा ५२ जनाको जलेर ज्यान गएको थियो ।

बेलायतको महारानी

सन् १९५२ को ६ फेब्रुबरीमा बेलायतको राजगद्दीमा राज्यरोहण गरेकी एलिजावेथ द्दितीय ८ फेब्रुबरीमा औपचारिक रुपमा महारानी बनेकी थिइन् ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : २८ बजे

नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती