१४ बैशाख २०८३, सोमबार | April 27, 2026

हिमपातका कारण गोसाइँकुण्ड जाने यात्रु प्रभावित



रसुवा । हवाईमार्गबाट गोसाइँकुण्ड जाने तीर्थयात्रु हिउँहुरीका कारण प्रभावित भएका छन् ।

हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक-पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन् ।

एयरपोर्टबाट करिब २६ मिनेटमा पुग्न सकिने नजिक रहेको तीर्थ गोसाइँकुण्ड भए पनि उडानको समयमा हिमहुरी, सेतो हुस्सुले समस्या बनाउने गरेकाले मौसमको प्रकृति हेरी उडान भर्दै आएको जनाइएको छ ।

सिम्रिक, हेलिअल्टिच्युड, कैलाश, डानेष्टिक, माउण्टेनसमेतका हेलिकोप्टर कम्पनीले आइतबारका दिन तय गरेको धार्मिक उडानसमेत हिमहुरी चलेका कारण स्थगन गर्नुपरेको सम्बन्धित कम्पनीले जनाएका छन् ।

दुई दिनअघि परेको हिमपातले गोसाइँकुण्ड ताल पूरै बरफ भएको छ । डाँडापाखा पूरै सेताम्मे बनाएको र उच्च भागको सतहमा तीनदेखि पाँच फिटसम्म हिउँ जमेको स्थानीय बासिन्दाले बताएका छन् । अत्यधिक हिमपातका कारण गोसाइँकुण्डमा रहेका चारवटा होटलसमेत बन्द गर्नुपरेको होटल व्यवसायी कामीसितार तामाङले बताए ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : ३० बजे

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती

सात वर्षीय बालकले राखे थोरङ्लापास पारको कीर्तिमान

पोखरा ।  ‘हिमालले उमेर सोध्दैन, केवल साहस र दृढ इच्छाशक्ति

दाउन्नेको पूर्वी खण्डमा एकतर्फी ढलानको काम अन्तिम चरणमा

नवलपरासी । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत नवलपुरको पूर्वी खण्डको दाउन्ने

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत्