१६ असार २०८३, मंगलबार | July 1, 2026

पनौती मकर मेला स्नान गर्नेको घुइँचो, यस्तो छ किंवदन्ती



काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक दृष्टिकोणले पवित्र तीर्थस्थलको रूपमा चिनिने पनौतीमा प्रत्येक १२ वर्षको समयको अन्तरमा सूर्य मकर राशिमा पर्ने बखत मकर मेला अर्थात् कुम्भ मेला स्नान लाग्ने गर्दछ । माघ महिनाको अन्तिम साता पनौती मकर मेला स्नान गर्न भक्तजनको अत्यन्त घुइँचो देखियो ।

जो मानिस रोशी र पुण्यवती नदीको पानी आफ्नो हत्केलामा राखी गुरु गोरखनाथमा अर्पण गर्न जान्छ, त्यस मनुष्यले चिताएको मनकामना, इच्छासिद्धि पूरा हुन्छ भन्ने धार्मिक आस्थासमेत रहिआएको छ ।

जसले मकर मेला स्नान गर्दछ, त्यस मनुष्यको शरीरमा भएको रोग पखालिन्छ, मनमा भएको खोट, पाप नाश हुन्छ भन्ने पौराणिक कथन छ ।
हिन्दुशास्त्रका अनुसार सत्ययुगमा जब देवराज इन्द्रलाई शरीरमा श्राप जन्य रोग लागेको थियो, त्यस बखतमा पनौती उपासनाबाटै निको पारेका थिए भन्ने किम्बदन्ती छ ।

आजभन्दा धेरै वर्षअघि पनौती र पाटनमा लामो समयसम्म वर्षा नभई खडेरी परेका बेला बखतमा, त्यस्तो अवस्थाबाट अत्यन्त चिन्तित भएर पनौतीका राजा दिर्गरथ र काठमाडौंका राजा सत्यवर पानी वरदान माग्न फूलचोकी देवीको दर्शन गर्न गए । त्यहाँबाट फर्केपछि खडेरीबाट मुक्त हुन दुवै देशका राजालाई फूलचोकी देवीले सपनामा सुन र चाँदीको फूल चढाउन ल्याउनू भन्ने आदेश दिइन् ।

काठमाडौंका राजा भने आफ्नो देशमा प्रशस्त कालीगढहरू हुनाले अत्यन्त खुसी भए र सुन जुटाउनतर्फ लागे । पनौतीका राजा दिर्गरथ कालिगढहरूको अभावमा चिन्तित देखिए । सुन र चाँदी नभएकाले तोरी र फूलको माला चढाउन उनका मन्त्री, भाइभारदारहरूले सल्लाह दिए ।

सल्लाहअनुसार उनले सुन र चाँदीको फूलको सट्टा तोरी र मुलाको फूल फूलचोकी देवीलाई चढाए । आफूसँग कालिगढहरु नभएका कारण सुनचाँदीको सट्टा फूल चढाउनु बाध्य भएको भनेर उनले देवीसामु फूल प्रस्तुत गरी बिन्ती गरी क्षमा मागेर । उनको भक्ति देखेर फूलचोकी देवी अन्यन्त प्रसन्न भएर रुद्रावती रोशी नदीमा पानी पठाइदिइन् ।

केही समयपछि काठमाडौंका राजा सुन र चाँदीको फूल लिएर जाँदा पनौतीमा नदी पठाइसकेको कुरा थाहा पाए। त्यो देखेर उनले आफूलाई पनि वरदान मिल्नुपर्ने प्रार्थना गरे । त्यसपछि फूलचोकी देवी प्रसन्न भएर आधा नदी त्यसतर्फ पठाइदिन्, जुन नदीलाई तत्कालीन समयमा गोदावरीका नामले चिनिन्छ ।

त्यही किंवदन्तीका कारण पनौती त्रिवेणी र गोदावरीमा ६-६ वर्षको अन्तरमा, गोदावरीमा श्रावण महिनाभरि र पनौतीको त्रिवेणीघाटमा माघ महिनाभर १२ वर्षे मेला लाग्छ ।

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १२ : ५७ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी