६ श्रावण २०८३, बुधबार | July 22, 2026

अस्ताए ‘महाभारत’ का भीम



काठमाडौं । लोकप्रिय धार्मिक धारावाहिक ‘महाभारत ‘भीम’ अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । अभिनेता स्पाइनल समस्याबाट ग्रस्त थिए । यद्यपि उनको निधनको प्रमुख कारणबारे केही खुलाइएको छैन । फिल्ममा काम गर्नुअघि प्रवीण एथलेटिक्सका खेलाडी थिए ।

प्रवीण पछिल्लो दशकमा लामो समयदेखि घरमै थिए । स्वास्थ्य अवस्था ठिक नभएपछि चिकित्सकले पनि उनलाई कैयौं खानेकुरामा प्रतिबन्ध लगाएका थिए ।

अभिनयमा आउनुअघि प्रवीण एक हेमर र डिस्कस थ्रो एथलिट थिए । उनले एसियन गेम्समा चार मेडल (दुई स्वर्ण, एक रजत र एक कास्य) जितेका थिए । उनले दुई ओलम्पिक खेलमा पनि भारतको प्रतिनिधित्व गरेका थिए ।

खेलमा राम्रो योगदान पु¥याएका उनलाई ‘अर्जुन अवार्ड’ दिइएको थियो । यो अवार्डसँगै उनले बोर्डर सेक्युरिटी फोर्समा डेपुटी कमान्डेन्टको जागिर पाएका थिए । खेलकुदमा सफल भएपछि उनले फिल्ममा आउने निर्णय लिएका थिए ।

प्रवीणले सन् १९८१ मा रिलिज फिल्म ‘रक्षा’बाट डेब्यू गरेका थिए । तर उनले पहिचान भने ‘महाभारत’को ‘भीम’बाट पाए । उनको अन्तिम फिल्म सन् १९९८ मा रिलिज ‘ट्रन टु पाकिस्तान’ थियो ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  १ : ४९ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन