४ असार २०८३, बिहिबार | June 18, 2026

महेन्द्रनगरमा डिशहोम डिलर दाइ सम्मान



काठमाडौ । डिशहोमले आफ्ना ‘डिलर दाइ’हरुलाई सम्मान गरेको छ । महेन्द्रनगर सर्विश सेन्टरमा एक कार्यक्रम आयोजना गरेर उनीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरणसमेत गरिएको कम्पनीले जनाएको छ ।

महेन्द्रनगरमा डिशहोम र डिशहोम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने अत्तरियाका एस के लाईट हाउस , अत्तरियाका उग्रतारा बिजुली भण्डार , धनगढीका लामा ट्रेडर्स, महेन्द्रनगरका के पि ईन्टरप्राईजेज, पुनर्बासका अधिकारी ईलेक्ट्रोनिक, वाणीका आर्या ईलेक्ट्रोनिकलाई उपहार स्वरुप एकरएक थान ल्यापटप प्रदान गरिएको छ।

साथै बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने डिलर दाइहरुलाई कम्पनीका सेल्स अफिसर कमल रिमालले प्रशंशा पत्रसहित सम्मान गरेका छन्। कार्यक्रममा कैलाली र कंचनपुरका डिस्ट्रिब्युटर, डिलर दाइहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

डिशहोम फाइबरनेटले ग्राहकको आवश्यकता अनुरुप आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको जनाएको छ । कम्पनीका अनुसार डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निस्शुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएससम्मको प्याकेज उपलब्ध रहेको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ७ : ५४ बजे

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ

रास्वपाको महाधिवेशनमा ४ करोड खर्च हुने अनुमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका

सञ्चारमन्त्रीसँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

काठमाडौं । चिनीयाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी

विपद्कै कारण अनाहकमा कसैको ज्यान गएको खबर अब सुन्न नपरोस् : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय