२० बैशाख २०८१, बिहिबार | May 2, 2024

स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंक लिमिटेडवीच सम्झौता



काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडवीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकावीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढवा दिने प्रमुख उद्देश्यका साथ क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र विगत लामो समय देखि सर्वसाधारणलाई सबै प्रकारका बैंकिङ्ग सेवा सुबिधा स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंक लिमिटेडवीच सम्झौता आएको मूलुकको बैकिङ्ग क्षेत्रको अग्रणी कामना सेवा विकास बैंक लिमिटेडको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्न जाने आशा लिइएको छ ।

यस सम्झौता पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडवीच SCT-UPT Debit Card, SMARTQR, SCT-nPay जस्ता उपकरण प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ ।

बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ ।
साथै, ATM, PoS, e-Commerce जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुनेछ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : ०१ बजे

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ

चेन्नईमाथि पञ्जाव ७ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले चेन्नई