१४ बैशाख २०८३, सोमबार | April 27, 2026

क्रिप्टोकरेन्सीको काराबारबाट जतिबेला जो पनि फस्न सक्ने राष्ट्र बैंकको चेतावनी



काठमाडौं । राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कुनै वैधानिक आधार नभएको र यस्तो कारोबारमा जुन कुनै बेला जे पनि हुन सक्ने चेतावनी दिएको छ । मंगलबार चेतनामूलक सन्देश जारी गर्दै राष्ट्र बैंकले यस्तो जोखिमपूर्ण कारोबारमा कोही पनि सहभागी नहुन नागरिकहरुलाई आग्रह समेत गरेको छ ।

क्रिप्टोकरेन्सीबाट आर्जन हुने मुद्रा वास्तविक नभएर भर्चुअल हुने र निजी क्षेत्रबाट सञ्चालित यस्तो मुद्राको कुनै वैधानिक आधार समेत नहुने हुँदा खतरापूर्ण रहेको बैंकले जनाएको छ ।

हाल विश्वमा ८ हजार भन्दा बढी क्रिप्टोकरेन्सीका विभिन्न भर्चुअल मुद्राहरू चलनचल्तीमा रहे पनि कुनैको पनि वैधानिकता र सुरक्षितताको ग्यारेन्टी नभएको बैंकको दाबी छ । बैंकले प्रकाशित गरेको अपिलमा यस्तो कारोबार नेटवकिङ तथा पिरामिड स्कीममा आधारित भएकाले जतिबेला जो पनि फस्न सक्ने भन्दै सचेत हुन सबैलाई अपिल गरेको छ । यस्तो कारोबारले मुलुकको पुँजी पलायन गराउन समेत ठूलो भूमिका खेल्ने हुँदा सबै सचेत हुन र जिम्मेवार हुन समेत बैंकले आग्रह गरेको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/02/Crypto_for_Financial_corency.pdf”]

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : ०७ बजे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत

शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

राजविराज । यहाँ बोदेबर्साइन नगरपालिकामा आज बिहान शौचालयमा लडेर एक

सुधारिँदै काठमाडौँको वायु गुणस्तर

काठमाडौँ । गत साता तीव्र रूपमा वृद्धि हुन थालेको काठमाडौँ

एआईजी नारायणदत्त पौडेल सशस्त्र प्रहरीको नयाँ आईजी नियुक्त

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक (आईजीपी) पदमा

खाद्य संस्थानद्वारा ४३ लाखको सिमी खरिद

हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय