२९ मंसिर २०८२, सोमबार | December 15, 2025

क्रिप्टोकरेन्सीको काराबारबाट जतिबेला जो पनि फस्न सक्ने राष्ट्र बैंकको चेतावनी



काठमाडौं । राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीको कुनै वैधानिक आधार नभएको र यस्तो कारोबारमा जुन कुनै बेला जे पनि हुन सक्ने चेतावनी दिएको छ । मंगलबार चेतनामूलक सन्देश जारी गर्दै राष्ट्र बैंकले यस्तो जोखिमपूर्ण कारोबारमा कोही पनि सहभागी नहुन नागरिकहरुलाई आग्रह समेत गरेको छ ।

क्रिप्टोकरेन्सीबाट आर्जन हुने मुद्रा वास्तविक नभएर भर्चुअल हुने र निजी क्षेत्रबाट सञ्चालित यस्तो मुद्राको कुनै वैधानिक आधार समेत नहुने हुँदा खतरापूर्ण रहेको बैंकले जनाएको छ ।

हाल विश्वमा ८ हजार भन्दा बढी क्रिप्टोकरेन्सीका विभिन्न भर्चुअल मुद्राहरू चलनचल्तीमा रहे पनि कुनैको पनि वैधानिकता र सुरक्षितताको ग्यारेन्टी नभएको बैंकको दाबी छ । बैंकले प्रकाशित गरेको अपिलमा यस्तो कारोबार नेटवकिङ तथा पिरामिड स्कीममा आधारित भएकाले जतिबेला जो पनि फस्न सक्ने भन्दै सचेत हुन सबैलाई अपिल गरेको छ । यस्तो कारोबारले मुलुकको पुँजी पलायन गराउन समेत ठूलो भूमिका खेल्ने हुँदा सबै सचेत हुन र जिम्मेवार हुन समेत बैंकले आग्रह गरेको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2022/02/Crypto_for_Financial_corency.pdf”]

 

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ८ : ०७ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष