६ भदौ २०८३, शनिबार | August 22, 2026

मधेश प्रदेश सभामा रिक्त रहेका समितिहरुको सभापति चयन



जनकपुरधाम । मधेश प्रदेश सभामा लामो समदेखि रिक्त रहेका तीन वटा विषयगत समितिको सभापति चयन गरिएको छ ।

मंगलबार भएको निर्वाचनमा सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारूढ दलको तर्फबाट नेपाली कांग्रेसका नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका मदनसेन श्रीवास्तव र प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादव चयन भएका छन् ।

लेखा समितिमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट प्रह्लाद गिरी गोश्वामीले उम्मेदवारी दर्ता गराएका थिए भने कृषि तथा भूमि व्यवस्था समितिमा नेकपा एमालेबाट जगतारण देवीले उम्मेदवारी दर्ता गराएकी थिइन् । तर ति समितिहरुमा सत्तारुढ गठबन्धनको दुई तिहाई बहुमत रहेकोले सत्तारुढ दलकै उम्मेदवारहरु समितिमा चयन भएका हुन् ।

प्राकृतिक स्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रको तर्फबाट जगतप्रसाद यादवको एकल उम्मेदवारी पारेकोले उनी सोमबार नै निर्विरोध भएका थिए ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ७ : ५६ बजे

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज

ओलीको दाबी – बालेन्द्र सरकार पाँच वर्ष टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जघन्य अपराध रोक्न बलियो कानुनी