२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कांग्रेस पदाधिकारीको बैठक आज बस्दै



काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा भातृ संस्थाको अवधि, आसन्न चुनाव, संसद्मा एमसीसी प्रवेशलगायत विषयमा समेत छलफल हुने जनाइएको छ ।

कार्यसम्पादन समिति बैठकको तयारीस्वरुप पदाधिकारी बैठक बस्न लागेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । पदाधिकारी बैठक मंगलवार पनि बसेको थियो । मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित थिए ।

बैठकमा स्थानीय चुनाव, भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : ०१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले