२९ मंसिर २०८२, सोमबार | December 15, 2025

हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध



जुम्ला । जुम्लामा तेस्रो पटक परेको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई सास्ती भएको छ । यही माघ २० गते साँझदेखि भएको भारी हिमपातले नाग्म–गमगडी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख सन्तोष भण्डारीले बताए ।

नाग्म–गमगडी सडकको जुम्ला बोतादेखि मुगुको पिनासम्म सडकमै झन्डै दुई फिटभन्दा बढी हिउँ जमेपछि सडक अवरुद्ध भएको छ । कालीकोट, जुम्ला र मुगु जोड्ने सीमा क्षेत्र बुलेबुलेमा बाक्लो हिउँ जमेको छ । हिउँ पन्छाउन मेसिन तयारी अवस्थामा राखिएको छ । उनका अनुसार घाम लागेको खण्डमा दुई दिनभित्र सडक सञ्चालन हुन सक्छ । तत्काल भने सडक खुल्ने सम्भावना छैन ।

सडक अवरुद्ध भएपछि जुम्ला र मुगुको आवतजावतमा समस्या भएको छ । अघिल्लो पटकको हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक खुलेको केही दिनमै भारी हिमपातले पुनःअवरुद्ध भएको स्थानीयवासी बताउँछन् । जुम्ला हुँदै मुगु राराताल जाने छोटो पर्यटकीय मार्ग जुम्ला उर्थु पटमारा न्याउरीघाट बुलबुले जोड्ने सडक पनि पूर्णरूपमा अवरुद्ध भएको छ । उक्त सडक अवरुद्ध भएपछि छोटो मार्ग भएर मुगु जाने आन्तरिक पर्यटक र स्थानीय प्रभावित भएका छन् । आज जुम्लालगायत कर्णालीका माथिल्ला जिल्लाका उच्च स्थानमा हिमपात भइरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  ३ : ४२ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले