८ चैत्र २०८२, आइतबार | March 23, 2026

क्यासिनोको पैसा नतिर्ने याक एण्ड यति होटलको पाँच तारे वर्गीकरण रद्द, सम्पत्ति रोक्का



काठमाडौं । लामो समयदेखि रोयल्टी, इजाजत नवीकरण दस्तुर नबुझाएरै संचालनमा रहेकोे याक एण्ड यति होटल लिमिटेडलाई सरकारले क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिदिएको छ । सो होटलद्वारा सञ्चालित क्यासिनोले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम दाखिला नगरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यासिनो सञ्चालन इजाजत पत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरेको हो ।

भुक्तानीका लागि पटक पटक पत्राचार गर्नुका साथै राष्ट्रिय दैनिकमा समेत सार्वजनिक सूचना निकाल्दा पनि नेपाल सरकारलाई सो रकम दाखिला नगरेको भन्दै मन्त्रालयले होटलमाथि कारवाही गरेको जनाएको छ । क्यासिनोले इजाजतपत्र नवीकरण दस्तुर, रोयल्टी दस्तुर तथा बाँकी बक्यौता गरी ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ बुझाउन बाँकी रहेको पर्यटन विभागको होटल शाखाले होटललाई पठाएको पत्रमा उल्लेख छ ।

क्यासिनो सञ्चालनको इजाजत पत्र र पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्नुका साथै होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति तथा बैंक खाता र वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरिएको समेत पत्रमा जानकारी गराइएको छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : ३६ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय