२० मंसिर २०८२, शनिबार | December 6, 2025

बेलायतमा सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइँदै, संक्रमणसँगै बाँच्ने सरकारको रणनीति



लन्डन । कम्तिमा दुई साताभित्र बेलायतमा बाँकी सम्पूर्ण कोभिड प्रतिबन्ध हटाइने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले संसदमा यस्तो जानाकारी दिएका हुन् । कोभिडसँगै बाँच्ने रणनीतिअनुसार सबै प्रतिबन्ध हटाइन लागिएको प्रधानमन्त्री जोनसनले बताए ।

परीक्षणपछि कोभिड पोजेटिभ देखिएपछि आफै आइसोलेसनमा बस्नुपर्नेलगायतका नियमको म्याद २४ मार्चमा समाप्त हुँदैछ ।

कोभिड संक्रमणका घटना कमी हुँदै गएको र विज्ञहरुले सावधानी दर्शाए विपरित मृत्युका घटनामा उल्लेख्य कमी आएपछि सरकारले सबै प्रतिबन्ध हटाउने भएको हो ।

सरकारको तथ्यांकअनुसार पछिल्लो मंगलबार बेलायतमा ६६ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो साताको तुलनामा ४१ दशमलब १ प्रतिशतले कमी हो । १० दिनअघिसम्म बेलायतमा दैनिक संक्रमितको संख्या एक लाख थियो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ९ : १८ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति