२१ माघ २०८२, बुधबार | February 5, 2026

मुगुका सांसद बानियाँ विरुद्ध बलात्कार मुद्दा दर्ता



जुम्ला । जिल्ला प्रहरी कार्यालय बाँकेले मुगुका सांसद मोहन बानियाँविरुद्ध बलात्कार मुद्धा दर्ता गरेको छ । जुम्लाकी एक महिलाले सांसद बानियाँविरुद्ध बाँके प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । मुद्दा जिल्ला प्रहरी कार्यालय बाँकेको दर्ता नं. ३७२ मा दर्ता भएको छ ।

महिलाले बानियाँले ऋण फिर्ता गर्छु भनेर नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन । यसअघि जिल्ला प्रहरी कार्यालय बाँकेले वहालवाला सांसदको हकमा सभामुखबाट अनुमति लिनुपर्ने भन्दै मुद्दा दर्ता गर्न मानेको थिएन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपानेले सांसद बानियाँविरुद्ध मुद्दा दर्ता भएको बताए । उनले भने, ‘सांसद विरुद्धको मुद्दा दर्ता भइसक्यो । अब अनुसन्धान अघि बढ्छ ।’

मुद्दा फिर्ता लिन दवाव आयो : पीडित महिला

सांसद बानियाँले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी जुम्लाकी महिलाले असुरक्षित महशुस गरेको बताएकी छिन । आरोपी बानियाँका आफन्तले निरन्तर धम्की र प्रलोभन देखाउन थालेपछि अशुरक्षित महशुस गरेको उनले बताएकी हुन् ।

जाहेरी दिएको भोलिपल्ट सांसद बानियाँका ज्वाईले भेटेरै भोलि बिहान १० बजे तपाईको लिएको २५ लाख रुपैयाँ दिन्छौं । जाहेरी फिर्ता लिनुस् भनेको उनको भनाइ छ । पीडित महिलाले भनिन्, ‘मैले जाहेरी दिइसके । म निकै पीडित छु । अब जाहेरी फिर्ता हुदैन । जे गर्छ कानुनले गर्छ ।’ जाहेरी फिर्ता लिन आग्रह गर्दै बानियाँकी छोरीले समेत फोन गरेर प्रलोभन देखाएको उनले बताइन ।

बानियाँको छोरा मदन बानियाँले जाहेरी दिएकै दिन जाहेरीले केही फरक नपर्ने भन्दै धम्की दिएको उनले बताइन । पीडित महिलाले थपिन्, ‘म जाहेरी बोकेर जिल्ला प्रहरी कार्यालय जाँदै थिएँ । बानियाँका छोराले तपाइंले जाहेरी दिँदैमा कुनै असर पर्दैन । यस्ता करणी घटना कैयौं व्यहोरिसक्यौँ । यसको कुनै तुक छैन भने ।’ बानियाँका आफन्तहरूले पटक पटक फोन गरेर, भेटेरै समेत धम्की दिइरहेको उनले बताइन ।

पीडित महिलाले एक साता अगाडि सामाजिक सञ्जालमा ज्यान जोखिम रहेको जनाएका थिइन । उनले लेखेखकी थिइन, ‘म मरे भने सांसद बानियाँकै कारणले मर्नेछु । उहाँ नै जवाफदेही हुुनु हुनेछ ।’

यसपछि घटना दबाउन कर्णाली प्रदेशका सांसद दानसिंह परियार सक्रिय बनेका थिए । उनले पीडित महिलालाई धम्क्याउनेदेखि प्रलोभन देखाएर जाहेरी फिर्ता लिन समेत दबाब दिइरहेको महिलाको भनाइ छ । जाहेरी दिँदाको दिनमा पनि सांसद परियार बाँके आएको उनले बताइन । उनले महिलालाई जाहेरी कसरी दर्ता हुन्छ ? हामी पनि हेर्छौ । भन्दै धम्क्याएका थिए । लेनदेनको बिषयमा पनि मिलापत्र गर्न पटक पटक दबाब दिँदै आएको पीडित महिलाले बताइन ।

पटक पटक लिएको रकम फिर्ता गर्न आग्रह गरेपछि सांसद बानियाँले २५ लाख रुपैयाँको चेक दिएका थिए । राष्ट्रिय बाणिज्य बैंकको चेक रहेको खातामा पैसा थिएन । चेक बाउन्स भएको छ । त्यही बाउन्स चेक समेत सांसद परियारसहितको टोलीले खोसेको थियो । पीडित महिलाले सांसद बानियाँले जाहेरीमा नेपालगन्जस्थित अप्सरा होटलमा बलात्कार गरेको खुलाएकी छिन् । उनले भनिन्, ‘बानियाँले लिएको रकम फिर्ता गर्ने भन्दै बोलाएर बलत्कार गरे ।’

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ४ : १५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता