१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

अमेरिकी मन्त्रीको धम्कीले एमसीसी नेपालको हितविरुद्ध भएको थप पुष्टि : भीम रावल



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रमुख पार्टीका शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की र चेतावनी दिएको भन्दै त्यसबारे जानकारी माग गरेका छन् ।

एमसीसीले दिएको डेडलाइन नजिक आउँदा पनि दलहरु निर्णयमा पुग्न नसकिरहेको बेला बिहीबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरुलाई फोन गरि पास गर्न दबाब दिएको समाचार आएपछि नेता रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने समाचारहरु आएकाले यसबारे यथार्थ जानकारी दिन माग गरेका छन् ।

यदि यसरी धम्की दिइएको भए एमसीसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानकाविरूद्ध भएको थप पुष्टि हुने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘अनुदानु मा धम्की ?’!

प्रकाशित मिति : २७ माघ २०७८, बिहिबार  ९ : ५३ बजे

राष्ट्रियसभा बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

आज साउन १५ खिर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ गते । नेपाली समाजमा खिर

सरकार र पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गरिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनापछि गृह मन्त्रालय

जनकपुरधाममा कर्फ्यु कायमै, बिहान दुई घण्टा अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु