१५ भदौ २०८३, सोमबार | August 31, 2026

विश्व इतिहासमा आजः नेल्सन मन्डेलाको रिहाइदेखि मुबारकले जनताको शक्तिसामु घुँडा टेकेको त्यो दिन



मन्डेला रिहा

२७ वर्ष लामो जेल जीवनपछि आजकै दिन अर्थात सन् १९९० को ११ फेब्रुवरीमा दक्षिण अफ्रिकाका अश्वेत तथा रंगभेद विरोधी नेता नेल्सन मन्डेला रिहा भएका थिए । नेता मन्डेलाको रिहाई दक्षिण अफ्रिकामा रंगभेदबाट प्रजातान्त्रिक कदममा एउटा संक्रमणकालीन समय थियो । रिहाई लगत्तै मन्डेलाले तत्कालिन राष्ट्रपति एफडब्लू डी क्लर्कसँग वार्ता गरेका थिए । त्यसपछि दक्षिण अफ्रिकामा रंगका आधारमा हुने विभेद अन्त्य भएको घोषणा गरिएको थियो ।

खमेनीको उदय

सन् १९७९ मा आयोतोल्लाह खमेनीले इरानमा शक्ति नियन्त्रणमा लिएका थिए । फ्रान्सको निर्वासनबाट भव्य स्वागतका साथ स्वदेश फर्किएको केही दिनपछि उनी इरानको सर्वमान्य नेता बनेका थिए ।

युरोपकै पहिलो प्रधानमन्त्री

सन् १९७५ मा मार्गरेट थ्याचर ब्रिटिश कन्जरभेटिभ पार्टीको पहिलो महिला नेतृ बनेकी थिइन् । थ्याचरले सन् १९७९ मा भएको आमनिर्वाचनमा बिजयी भएर बेलायतको प्रधानमन्त्री बनेकी थिइन् । उनी युरोपकै पहिलो महिला प्रधानमन्त्री हुन् ।

होस्नी मुबारकको पतन

३० वर्षसम्म सत्तामा रहेका होस्नी मुबारकले थेग्ने नस्कने आन्दोलनपछि सन् २०११ को ११ फेब्रुवरीमा इजिप्टको राष्ट्रपतिबाट राजीनमा दिन बाध्य भएका थिए । अरब क्रान्तिको एउटा अंशको रुपमा इजिप्टमा फैलिएको आम प्रदर्शनपछि मुबारकले जनताको शक्तिसामु घुँडा टेकेका थिए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ७ : ३३ बजे

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना