१४ बैशाख २०८३, सोमबार | April 27, 2026

स्वास्थ्यमन्त्री खतिवडाको एक सय दिनको प्रगति– खोपमा जोड



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् ।

आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनले आफू मन्त्री भएको एक सय दिन पुरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

‘प्रधानमन्त्रीज्युले घोषणा गर्नु भएको एक मात्र प्राथमिकता ‘खोप, खोप र खोप’ लाई मुर्त रुप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र कोभिड १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरिएको थियो,’ मन्त्री खतिवडाले भने ।

उनले प्रस्तुत गरेको प्रगति विवरणमा पनि कोरोना खोपलाई बढी स्थान दिएका छन ।

आफूले कार्यभार सम्हालेपछि १२ देखि १७ बर्ष उमेर समुहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको उनले उल्लेख गरेका छन् ।

‘विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ,’ उनले भने, ‘लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरुप पर्याप्त मात्रामा खोप अनुदान एबम खरिद मार्फÞत निरन्तर आपूर्ति भैरहेको छ ।’

२०७७ माघ महिना देखि संचालित कोभिड–१९ बिरुद्धको खोप अभियान समय तालिका बनाई सञ्चालन गरिएकोमा २०७८ मंसिर महिनादेखि कोभिड–१९ विरुद्धको खोप अभियान देशब्यापि रुपमा निरन्तर र नियमित सञ्चालन भईरहेको उनले जनाए ।

‘६५ बर्ष भन्दा माथिको उमेर समुह, दीर्घ रोगि एवम् फ्रन्टलाइनर्सलाई लक्षित गरि बुस्टर डोज भ्याक्सिन प्रदान गरिदै आएकोमा २०७८ माघ २७ गते देखि १८ बर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भैसकेको छ,’ मन्त्री खतिवडाले बताए ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  १२ : ४७ बजे

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको

दंगीशरण दरबार क्षेत्रमा मुख्यमन्त्री : पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न प्रदेश सरकारको प्रतिबद्धता

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरातात्विक सम्पदाहरुको संरक्षण

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन कार्यदल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संविधान संशोधनका विषयमा अध्ययन तथा