६ पुस २०८२, आइतबार | December 22, 2025

सम्पन्न नहुँदै ढल्यो अस्पतालको पर्खाल



खोटाङ । जिल्ला अस्पताल खोटाङको स्तरोन्नतिका क्रममा निर्माण सुरु गरिएको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको छ ।

१५ शैयाको जिल्ला अस्पताललाई २५ देखि ५० शैयामा स्तरोन्नति गर्ने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शैयाको भवन निर्माणका क्रममा निर्माण सुरु गरिएको टेवा पर्खाल बनिनसक्दै भत्किएको हो ।

निर्माण कम्पनी श्यामसुन्दर/रामसागर नेपाल/फूलवारी जेभीको लापरबाहीका कारण जिल्ला अस्पतालको मेसिनरी पर्खाल बनिनसक्दै भत्किएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर रामहृदय पटेलले बताए ।

१ वैशाख २०४९ मा स्थापना गरिएको अस्पतालको स्तरोन्नतिका क्रममा ४० मिटर लम्बाइ र २०.५ मिटर चौडाइ भएको भवन निर्माण गर्ने सम्झौता छ । सोही सम्झौताअनुसार जिल्ला अस्पतालको बिरामी भर्ना गर्ने वार्ड, डेलीभरी वार्ड, शल्यक्रिया कक्ष, इमरजेन्सी वार्डलगायत रहेको पुरानो भवनलाई भत्काएर नयाँ भवन निर्माणको तयारी थालिएको हो । तर सोही भवन बन्ने जग्गाको भित्तामा निर्माण सुरु गरिएको पर्खाल सामान्य वर्षाकै कारण २१ माघमा भत्किएको हो ।

कुल लम्बाइ २७ मिटर र उचाइ ७ मिटर हुने पर्खालको जगभन्दा माथिबाट करिब ६/७ मिटर खण्ड भत्किएको छ । मसला कम हालेका कारण नयाँ पर्खालको बीचभागमै भत्किएको स्थानीयले बताएका छन् ।

५० शैयाको नयाँ भवन निर्माणको काम सम्पन्न नभएसम्मका लागि उपचार सेवालाई निरन्तरता दिन सो मेसिनरी वालभन्दा माथि प्रिफ्यावको डिक्यान्टिङ भवन बनाएर बिरामी राख्ने वार्ड बनाइएको छ । तर, सोही डिक्यान्टिङको पेटीमुनिको टेवा पर्खाल भत्किएपछि बिरामी वार्डसमेत जोखिममा परेको छ । बिरामी वार्ड राखिएको डिक्यान्टिङको प्यासेज (पेटी) र रेलिङ पर्खालसँगै ढलेको छ । निर्माण व्यवसायीले भत्किएको पर्खाललाई त्रिपालले ढाकेर पुन:निर्माण सुरु गरेको जिल्ला अस्पतालका प्रमुख डा. वैभव मल्लिकले बताए ।

करिब २१ करोडको लागतमा ३० महिनाभित्र ५० शैयाको भवन निर्माण सक्ने गरी गत असारमा ठेक्का सम्झौता गरिएको हो । संघीय सरकारले संघीय सरकारको सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुंगामार्फत बजेट पठाएपछि गत ३ भदौदेखि अस्थायी वार्ड बनाउन घडेरी सम्याउन सुरु गरिएको थियो ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ४ : २० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको