२२ भदौ २०८३, सोमबार | September 7, 2026

चितवनमा बर्डफ्लू संक्रमण पुष्टि



काठमाडौं । चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्मको कुखुरामा बर्डफ्लू पुष्टि भएको छ ।

फर्म रहेका लेयर्स कुखुरा रोगको कारण मर्न थालेपछि कुखुराको नमुना संकलन गरेर परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको हो ।

फर्मको कुखुरा मर्न थालेपछि २५ माघमा नमुना संकलन गरी काठमाडौं पठाइएकोमा बिहीबार संक्रमण पुष्टि भएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरामा बर्डफ्लूको एचपाइभ एनवान संक्रमण देखिएको बताएका छन् ।

बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको प्रजिअ तामाङले बताए ।

फर्ममा रहेका सबै कुखुरा नष्ट गरिने र पर्मको वरिपरि १ सय मिटरभित्र रहेका कुखुरासमेत नष्ट गर्ने निर्णय भएको उनले बताएका छन् । उक्त फर्म स्थानीय किसान सोमनाथ चौधरीको हो ।

फर्ममा चार हजार कुखुरा रहेकोमा दुई हजार तीन समय कुखुरा रोगका कारण मरिसकेको चौधरीले बताएका छन् ।

 

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : ४० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त