८ बैशाख २०८१, शनिबार | April 20, 2024

चारदेशीय टी-२० श्रृंखला : नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । चारदेशीय टी-२० श्रृंखलाअन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको छ ।

ओमानको अल अमरेट क्रिकेट मैदानमा आज बिहान ११ः४५ बजे नेपाल र यूएईको खेल हुनेछ । नेपाली दोस्रो जितका लागि मैदानमा उत्रिनेछ ।

शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७३ रन बनाएका थिए ।

यूएईसँग भएका तीन खेलमा नेपालले दुई जितेको छ भने एक हारेको छ । नेपालले अर्को खेल सोमबार आयरल्यान्डसँग खेल्नेछ ।

त्यसपछि आईसीसी पुरुष टी-२० विश्वकपको ग्लोबल छनोट खेल्नेछ । त्यसमा नेपालले क्यानाडा, फिलिपिन्स र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसमा नेपालको पहिलो खेल १८ फेब्रुअरीमा ओमानसँग, १९ फेब्रुअरीमा फिलिपिन्ससँग र २१ फेब्रुअरीमा क्यानाडासँग खेल्नेछ ।

यो प्रतियोगिताबाट शीर्ष दुई टोलीले अष्ट्रेलियामा १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : १० बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु