१५ भदौ २०८३, सोमबार | August 31, 2026

चारदेशीय टी-२० श्रृंखला : नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं । चारदेशीय टी-२० श्रृंखलाअन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको छ ।

ओमानको अल अमरेट क्रिकेट मैदानमा आज बिहान ११ः४५ बजे नेपाल र यूएईको खेल हुनेछ । नेपाली दोस्रो जितका लागि मैदानमा उत्रिनेछ ।

शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ७३ रन बनाएका थिए ।

यूएईसँग भएका तीन खेलमा नेपालले दुई जितेको छ भने एक हारेको छ । नेपालले अर्को खेल सोमबार आयरल्यान्डसँग खेल्नेछ ।

त्यसपछि आईसीसी पुरुष टी-२० विश्वकपको ग्लोबल छनोट खेल्नेछ । त्यसमा नेपालले क्यानाडा, फिलिपिन्स र ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसमा नेपालको पहिलो खेल १८ फेब्रुअरीमा ओमानसँग, १९ फेब्रुअरीमा फिलिपिन्ससँग र २१ फेब्रुअरीमा क्यानाडासँग खेल्नेछ ।

यो प्रतियोगिताबाट शीर्ष दुई टोलीले अष्ट्रेलियामा १६ अक्टोबरदेखि १३ नोभेम्बरसम्म हुने टी-२० विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ७ : १० बजे

सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन

रसुवा बाढी : उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग जुट्दै

काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका