१३ असार २०८३, शनिबार | June 28, 2026

चारदेशीय टी-२० शृंखला : नेपाल आयरल्याण्डसँग पराजित



काठमाडौं । चारदेशीय टी-२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग १६ रनले पराजित भएको छ ।

अल अमेरात क्रिकेट मैदानमा १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १११ रनमा समेटियो ।

नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २८ रन बनाए । यस्तै आशिफ शेख २३, कुशल भुर्तेल १५ र कमल ऐरीले १३ रनको योगदान गरे ।

आयरल्याण्डका सिमि सिंह, एन्डी म्याकब्राइन, मार्क एडिर र बेरी मकार्थीले समान दुई विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा पूरा विकेट गुमाउँदै १२७ रनको योगफल तयार पार्‍यो ।

आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक २८ रन जोडे । यस्तै कर्टिस क्याम्फरले २०, कप्तान एन्डी विलवार्नीले १९, लोर्कन टकरले १५, शेन गेटकाटेले १४, एन्डी म्याकब्राइनले ११ रनको योगदान गरे ।

नेपालका दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । दिपेन्द्रले चार ओभर बलिङ गर्दै २१ रन मात्र खर्चिएका थिए । यस्तै अविनाश बोहराले दुई तथा कप्तान सन्दीप लामिछाने, कमल सिंह ऐरी र जितेन्द्र मुखियाले समान विकेट लिए ।

आइसिसी पुरुष टी-२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल अघि नेपालले चारदेशीय सिरिज खेलेको हो ।

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ४५ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट