८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

उड्डयन प्राधिकरणका उपनिर्देशक बजगाईँलाई सेवाबाट हटाउने चेतावनी



काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक अतुल बजगाईँलाई सेवाबाट हटाउने चेतावनी दिएको छ ।

१ वैशाख ०७७ बाट कार्यालयमा अनुपस्थित रहेका बजगाईँलाई सात दिन भित्र सफाइ पेश गर्न अन्तिम पटक समय दिने निर्णय प्राधिकरण सञ्चालक समितिको बैठकले गरेको हो ।

सात दिनभित्र चित्त बुझ्दो जवाफ पेस नगरे बजगाईँलाई सेवाबाट हटाइने प्राधिकरणले शनिबार सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
बजगाईँलाई स्पष्टिकरण पेश गर्न गत वर्ष नै निर्देशन दिइएको थियो । तर, उनले जवाफ नै दिएनन्, बरु कार्यालय नै जान छाडे ।

त्यसपछि प्राधिकरणले १६ वैशाखमा सार्वजनिक सूचना जारी गरेर पुनः स्पष्टिकरण माग गरिएको थियो । उनले लामाे समयसम्म जवाफ पेश नगरेपछि सरकारले कारबाहीकाे प्रक्रिया अगाडि बढाएकाे हाे ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : ०३ बजे

पाल्पाको विकास नै मेरो मुख्य लक्ष्य : उम्मेदवार गैरे

पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि

लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका

आईसीसी टी-२० : क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

दाङमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए

तुलसीपुर । दाङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं । आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध