८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने



म्याग्दी । कालीगण्डकी करिडोरको बेनी–जोमसोम–थासाङ खण्ड आगामी फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको मुस्ताङको थासाङ गाउँपालिकामा सडक चक्लाबन्दी गर्न लागिएका कारण फागुन १ गतेदेखि उक्त सडक खण्ड बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरिएको हो ।

कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने एकमात्र सडक हो । थासाङ गाउँपालिका–४ मा रहेको काभ्रे र बादरजुङ भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउने योजना छ । बिहान १० देखि दिउँसो ४ बजेसम्म सबै प्रकारका सवारी साधन प्रयोग बन्द गरिने भएको छ ।  -रासस

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  ८ : १७ बजे

पाल्पाको विकास नै मेरो मुख्य लक्ष्य : उम्मेदवार गैरे

पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि

लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका

आईसीसी टी-२० : क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

दाङमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए

तुलसीपुर । दाङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं । आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध