८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

एमसीसीमा एमाले र माओवादीको मौन समर्थन आपत्तिजनक : मोहन बैद्य



काठमाडौ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणल अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसदमा लैजाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भुमिका प्रति आक्रोश ब्यक्त गरेका छन ।

शुक्रवारको कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले एमसीसी पारित गर्नका लागि सर्वसम्मत निर्णय गरेको तथा एमसीसी परियोजनाकी उपाध्यक्ष फातिमा सुनार र अमेरिकी बिदेश सहयाक मन्त्री डोनाल्डले दबाब दिएको बिषयमा मौन बसेको भन्दै एमाले र माओवादी केन्द्रसँग आक्रोशित भएका हुन ।

आगामी १६ फागुनभित्र संसोधन बिना नै एमसीसी पारित गर्नका लागि उपाध्यक्ष सुनार र सहायक बिदेश मन्त्री लुले सार्वजनिक रुपमा दबाब बढाएपछि महासचिव बैद्यले त्यसको बिरोधमा डटेर सामना गर्नुपर्नेमा पनि जोड गरेका छन ।

‘अमेरिकी साम्राज्यवादको यस प्रकारको प्रत्यक्ष हस्तक्षेप हुँदा पनि त्यसको प्रतिवाद गर्नुको साटो नेपाली काङ्गेसको केन्द्रीय कार्यसमितिको बैठकले एकमतले एमसीसी परियोजनालाई अनुमोदन गर्ने निर्णय गर्नुका साथै अमेरिकाले हाम्रै अनुरोधमा दिएको र हामीले नै अनुमोदन गर्छौ भनी प्रतिबद्धता जनाएको स्थितिमा अमेरिकी सरकारले परियोजनाबारे के हुँदैछ भनेर सोध्नु सामान्य कुरा हो भनी नेकाका नेता प्रकाशशरण महतले अमेरिकी साम्राज्यवादको तावेदारी गरेका छन्,’ बैद्यले आक्रोश ब्यक्त गर्दै भनेका छन, ‘एमाले र माकेले यसबारे अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया नदिएर अमेरिकी हस्तक्षेपप्रति मौन स्वीकृति जनाएका छन्, यो नेपालका शासक वर्गको अमेरिकी साम्राज्यवादप्रतिको चरम दलालीको अभिव्यक्ति हो ।’

बैद्यका अनुसार सुनारले एमसीसी परियोजना संसोधन नहुने तथा १६ फागुन भित्र पारित गर्नै पर्ने भन्दा पछिल्लो समयमा अमेरिकाले दबाब बढाउनु स्वतन्त्र र सार्वभौम मुलुकमाथि हस्तक्षेपसमेत हो ।

क्रान्तिकारी माओवादीले अमेरिकी साम्राज्यवादको सो प्रकारको प्रत्यक्ष हस्तक्षेप र संसदवादी राजनीतिक पार्टीहरुले गरेको अमेरिकी साम्राज्यवादको नाङ्गो दलालीको तीव्र भत्र्सना र घोर विरोध गरेको बैद्यले जनाएका छन् ।

देशको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर खतरा मडारिइरहेको वर्तमान स्थितिमा एमसीसी परियोजनालाई खारेज गराउन र देशको सार्वभौमिकताको रक्षा गर्नका लागि सबै क्षेत्रबाट आवाज बुलन्द गर्नुका साथै सङ्घर्ष अगाडि बढाउन महासचिव बैद्यले प्रेस बिज्ञप्तिमार्फत आब्हानसमेत गरेका छन् ।

प्रकाशित मिति : २९ माघ २०७८, शनिबार  १० : ३६ बजे

पाल्पाको विकास नै मेरो मुख्य लक्ष्य : उम्मेदवार गैरे

पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि

लागुपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागबाट लागुपदार्थसहित १६ जना पक्राउ परेका

आईसीसी टी-२० : क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

दाङमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए

तुलसीपुर । दाङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं । आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध