७ पुस २०८२, सोमबार | December 22, 2025

खजुरा खानेपानीमा सत्ता गठबन्धनका उम्मेदवारको जीत



खजुरा । बाँकेको खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा सत्ता गठबन्धन निकट प्यानलका उम्मेदवारहरु बिजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा प्रमुख विपक्षी एमाले र राप्रपा गठबन्धनका अधिकाँस उम्मेदवारहरु पराजीत भएका छन् ।

दलगतरुपमा छुट्टछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका उपभोत्ताहरुमा काँग्रेस निकट नोकबहादुर गोदार (अरबिन्द) प्रतिद्वन्दी एमाले निकट उम्मेदवार सतिस निरौलालाई ६४ मतान्तरले बीजयी भएका छन् । निरौलाले २६९ मत ल्याउँदा गोदारले ३३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा एमाले निकट मोहन बहादुर खड्कालाई २८१ मतमा सिमित गराएर श्रवणध्वज खड्का २९२ मतका साथ बिजयी बनेका छन् भने सचिवमा एमाले निकट मिरा खनालले २६८ मत पाउँदा माओवादी निकट मदन सुनारले २८८ मतका साथ चुनाव जितेका छन् । कोषध्यक्षमा पनि एमालेका सिपी खड्काले प्राप्त गरेको २६७ मतका विरुद्ध माओवादीकी गिता सावकोटाले ३२१ मतका साथ बिजयी बनेकी छिन् ।

महिला सदस्यमा भने एमालेकी पम्फा तिवारी बिजयी बनेकी छिन् । उनले नन्दकली खरेललाई २६९ मतमा सिमित राख्दै ३०३ मत ल्याएर बिजयी बनेकी हुन् ।

६ जना सदस्यमा ३ जना एमाले निकट प्यानलबाट बिजण्ी भएका छन् भने ३ जना सत्ता गठबन्धनले हात पारेको छ । खानेपानीको चुनावलाई बाँकेमा दलहरुले आगामी स्थानीय तहको निर्वाचनको पूर्वसंकेतकारुपमा उपयोग गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : ३३ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको