११ भदौ २०८३, बिहिबार | August 27, 2026

एमाले अध्यक्ष ओलीसँग पाकिस्तानी राजदूत शाहद्वारा शिष्टाचार भेट



काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

अध्यक्ष ओलीलाई भेटगर्न राजदूत शाह आज बिहान ओली निवास बालकोट पुगेका थिए । भेटवार्ताको क्रममा नेपाल नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो । भेटका क्रममा अध्यक्ष ओलीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनोस भन्ने चाहना व्यक्त गरेका थिए ।

दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन नेपालको राजनीतिक नेतृत्वसँगको पहुँचको एक हिस्साको रुपमा ओलीसँग शिष्टाचार भेट भएको पाकिस्तानी दूतावासले जनाएको छ । त्यसअवसरमा राजदूत शाहले केपी शर्मा ओलीको कार्यकालमा द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरेका थिए । उनले सार्कको पुनरुत्थानका लागि गरेको प्रयासको पनि स्मरण गरेका थिए ।

राजदूत शाहले केपी ओलीले ‘पाकिस्तानको मित्र’का रूपमा नेपाल–पाकिस्तान सम्बन्धमा निरन्तर योगदान दिने विश्वास समेत व्यक्त गरेका थिए।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  २ : २० बजे

आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा

त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए

चितवन । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा

बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७