१८ माघ २०८२, आइतबार | February 1, 2026

एमाले अध्यक्ष ओलीसँग पाकिस्तानी राजदूत शाहद्वारा शिष्टाचार भेट



काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

अध्यक्ष ओलीलाई भेटगर्न राजदूत शाह आज बिहान ओली निवास बालकोट पुगेका थिए । भेटवार्ताको क्रममा नेपाल नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो । भेटका क्रममा अध्यक्ष ओलीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनोस भन्ने चाहना व्यक्त गरेका थिए ।

दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन नेपालको राजनीतिक नेतृत्वसँगको पहुँचको एक हिस्साको रुपमा ओलीसँग शिष्टाचार भेट भएको पाकिस्तानी दूतावासले जनाएको छ । त्यसअवसरमा राजदूत शाहले केपी शर्मा ओलीको कार्यकालमा द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रशंसा गरेका थिए । उनले सार्कको पुनरुत्थानका लागि गरेको प्रयासको पनि स्मरण गरेका थिए ।

राजदूत शाहले केपी ओलीले ‘पाकिस्तानको मित्र’का रूपमा नेपाल–पाकिस्तान सम्बन्धमा निरन्तर योगदान दिने विश्वास समेत व्यक्त गरेका थिए।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  २ : २० बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा