२७ असार २०८३, शनिबार | July 12, 2026

भुर्तुङ्ग छापचौर-तराई सम्पर्क समाजद्वारा रक्तदान सम्पन्न



बुटवल । भुर्तुङ्ग छापचौर-तराई सम्पर्क समाज बुटबल रुपन्देहीले रक्तदान नै जीवन दान भन्ने उद्देश्यसहित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ ।

सो अवसरमा बोल्दै समाजका संस्थापक अध्यक्ष हिराध्वज शाहाले संस्थाले रक्तदान कार्यक्रमको आयोजना गरी पुन्यको काम गरेको उल्लेख गरे ।

रक्तदान गर्नु जीबन दान गर्न सरह भएको उल्लेख गर्दै उनले यो कार्यक्रमले संस्थाकोतर्फबाट सामाजिक क्षेत्रमा अर्को इट्टा थपे सरह भएको बताए । रक्तदान गर्नु आफैमा स्वस्थ रहेको पहिचान दिनु पनि रहेको बताउँदै शाहाले संस्थाले राम्रो काम गर्दै आएकोप्रति खुसी व्यक्त गरे ।

आफ्नो जन्म स्थान गुल्मी जिल्लाको कालीगन्डकी गाउँपालीका-७ बाट बसाइसरेका तराईमा बसोबास गर्नेहरुले स्थापना गरेको सम्पर्क समाजले विभिन्न समयमा सामाजिक क्रियाकलाप तथा सहयोगका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै नेपाल नियमित रक्तदाता संघका केन्दीय सदस्य लेखनाथ भन्डारीले भने-‘हामीले दिने एक पोका रगतले बिरामीको ज्यान जोगीन्छ, शरीरमा भएका रगतको केहीमात्रा हरेक तीन महीनामा खेरजाने हुँदा सबैले रक्तदान गरेर जीबन दान गरौं ।’ नियमित रक्तदाता संघले मुलुकभर शाखा बिस्तार गरेर रक्तदान गर्न प्रोत्साहनसहितका अभियानहरु चलाउँदे आएको उनले बताए ।

सस्थाका अध्यक्ष राजकुमार केसीले रक्तदान गर्नु कसैको ज्यान बचाउनु भएको उल्लेख गर्दै संस्थाले आफ्नो क्यालेन्डर बनाएर रक्तदान कार्यक्रमलाई निरन्तरता दिने बताए । रक्तदान कार्यक्रमलाई थप व्यवस्थित गर्दै अघि बढाउने उनले बताए ।

संस्थाका सल्लाकार कुल बहादुर केसीले संघ-संस्थाहरु जन्मनु ठूलोकुरा नभई उक्त संस्थाले गर्ने सामाजिक कार्यको मुल्याङ्न हुनुपर्ने बताए । कार्यक्रम संयोजक सन्तोष पौडेल, समाजवेसी नामबहादुर केसी लगायतले कार्यक्रममा बोलेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : ५० बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका