२४ श्रावण २०८३, आइतबार | August 9, 2026

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै



काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा लगातार दुई खेल गुमाएको नेपालले सोमबार नामिबियासँग जित निकाल्ने लक्ष्यसहित मैदान उत्रँदै छ । नेपाल र नामिबियाबीचको खेल नेपाली समयअनुसार सोमबार दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

शृंखलाको पहिलो दुई खेलमा नामिबिया र नेदरल्यान्ड्ससँग समान ६ विकेटको हार बेहोरेपछि नेपालको विश्वकप ग्लोबल क्वालिफायरमा सिधै स्थान बनाउने सम्भावना थप चुनौतीपूर्ण बनेको छ । त्यसैले नेपालका लागि नामिबियाविरुद्धको खेल ‘गर या मर’को अवस्थाजस्तै बनेको छ ।

नेपालले पहिलो खेलमा १५८ रनको लक्ष्य प्रस्तुत गरे पनि नामिबियाले दुई विकेट मात्र गुमाएर ३७.४ ओभरमा लक्ष्य भेट्टाएको थियो । दोस्रो खेलमा पनि नेपालले १५८ रनमै सीमित भएपछि नेदरल्यान्ड्सले ३५ ओभरमै चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जित हात पारेको थियो ।

दुवै खेलमा नेपाली टोली ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा अपेक्षाअनुसार प्रदर्शन गर्न असफल भएको थियो। शीर्षक्रमका ब्याटरले ठूलो साझेदारी बनाउन नसक्नु र बलरहरूले विपक्षीमाथि दबाब कायम राख्न नसक्नु नेपालको हारको मुख्य कारण बनेको छ ।

अर्कोतर्फ आयोजक नेदरल्यान्ड्सले नेपाल र नामिबियालाई पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। ३० खेलबाट ३६ अंक जोडेको नेदरल्यान्ड्स अंक तालिकाको तेस्रो स्थानमा बलियो बनेको छ । नेपाल र नामिबिया भने समान ३० खेलबाट २४-२४ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा रहेका छन् ।

नेपालले सोमबार नामिबियासँग खेलिसकेपछि शृंखलाको अन्तिम खेल बुधबार पुनः नेदरल्यान्ड्ससँग खेल्नेछ । विश्वकप छनोटको सम्भावना कायम राख्न नेपालले बाँकी सबै खेल जित्नुपर्ने दबाबमा रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ८ : ३० बजे

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार