११ भदौ २०८३, बिहिबार | August 27, 2026

पाकिस्तानी राजदूत शाहद्वारा पूर्वप्रधानमन्त्री माधव नेपालसँग शिष्टाचार भेट



काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन् ।

राजदूत शाहले सोमबार साँझ नेता नेपाल निवास कोटेश्वर पुगेर उनीसँग भेट गरेका हुन् । भेटका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । अध्यक्ष नेपालले नेपाल र पाकिस्तानबीच लामो समयदेखि समधुर सम्बन्ध रहँदै आएको बताउँदै थप सम्बन्ध विस्तारका लागि प्रयास गर्नुपर्ने बताएका थिए ।

नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने सन्दर्भमा राजनीतिक नेतृत्वसँगका शिष्टाचार भेटघाटलाई दिइएको निरन्तरताको एक प्रयास भएको पाकिस्तानी दूतावासले जनाएको छ । त्यसअवसरमा राजदूत शाहले प्रधानमन्त्रीको हैसियतमा एवं राजनीतिक दलको शीर्ष नेताको हैसियतमा द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनमा सराहनीय योगदान गरेको भन्दै अध्यक्ष नेपालको प्रशंसा गरेका थिए। उनले नेपाल र पाकिस्तानबीचको सुमधुर सम्बन्धलाई सुमधुर बनाउनका लागि अध्यक्ष नेपालले आफ्नो योगदानलाई अझ निरन्तरता दिने विश्वास पनि व्यक्त गरेका थिए ।

यसअघि राजदूत शाहले आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १० : ०३ बजे

भोटेकोशी बाढी : हालसम्म १६२ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा

बडीमालिका मुख्य पूजासहित मेला

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा

बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

त्रिशूली । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवा स्थित

भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा

टप एण्ड टी–२० सिरिजः आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

काठमाडौं । अष्ट्रेलियमा भइरहेको टप एण्ड टी-२० सिरिजमा नेपाल ‘ए’