२० मंसिर २०८२, शनिबार | December 6, 2025

पाकिस्तानी राजदूत शाहद्वारा पूर्वप्रधानमन्त्री माधव नेपालसँग शिष्टाचार भेट



काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शिष्टाचार भेट गरेका छन् ।

राजदूत शाहले सोमबार साँझ नेता नेपाल निवास कोटेश्वर पुगेर उनीसँग भेट गरेका हुन् । भेटका अवसरमा दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । अध्यक्ष नेपालले नेपाल र पाकिस्तानबीच लामो समयदेखि समधुर सम्बन्ध रहँदै आएको बताउँदै थप सम्बन्ध विस्तारका लागि प्रयास गर्नुपर्ने बताएका थिए ।

नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने सन्दर्भमा राजनीतिक नेतृत्वसँगका शिष्टाचार भेटघाटलाई दिइएको निरन्तरताको एक प्रयास भएको पाकिस्तानी दूतावासले जनाएको छ । त्यसअवसरमा राजदूत शाहले प्रधानमन्त्रीको हैसियतमा एवं राजनीतिक दलको शीर्ष नेताको हैसियतमा द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनमा सराहनीय योगदान गरेको भन्दै अध्यक्ष नेपालको प्रशंसा गरेका थिए। उनले नेपाल र पाकिस्तानबीचको सुमधुर सम्बन्धलाई सुमधुर बनाउनका लागि अध्यक्ष नेपालले आफ्नो योगदानलाई अझ निरन्तरता दिने विश्वास पनि व्यक्त गरेका थिए ।

यसअघि राजदूत शाहले आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १० : ०३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय