८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

स्थानीय तहको निर्वाचन रोक्न गठबन्धनकै दलबाट प्रयास भइरहेको छ : एमाले उपाध्यक्ष पौडेल



भैरहवा । नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले जनताले सरकारकाे अनुभुति नै गर्न नपाएकाे टिप्पणी गरेका छन् ।

एमाले रुपन्देहीले धकधईमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पौडेलले साढे ३ वर्ष केपी ओलीको सरकार रहँदा जनताले सरकारकाे अनुभुति गरे पनि तर अहिलेकाे सरकार छ-छैन भनेर जनताले अनुभुति नै गर्न नपाएकाे बताए ।

‘गठबन्धन सरकार सम्पूर्ण रुपमा असफल छ, यो सरकारले न त विकास गर्न सकेको छ, न त शान्ति सुरक्षा दिन,’ उनले भने । सरकारले देशलाई आर्थिक संकटमा पुर्‍याएकाे दाबी गर्दै उनले भने- देशमा विदेशी मुद्राको संचिति सकिएको छ, महँगी बढेकाे छ । पुजीगत खर्च हुन सकेकाे छैन ।’

स्थानीय तहको निर्वाचन हुन नदिन गठबन्धनकै दलहरुले कोसिस गरिरहेकाे उनले बताए । ‘यो निर्वाचन रोक्न र छेक्न भित्रबाट अनेक कोसिस अझै पनि भइरहेको बताउँदै नेता पौडेलले कुनै पनि बहानामा निर्वाचन रोक्ने नदिइने बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : १० बजे

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

गण्डकी । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित

आफ्नो चुनाव चिह्न अङ्कित झन्डा जलाएकामा एमालेको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती ।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा

मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ

भैरहवापछि रास्वपाको पोखरा सभा पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएको