२४ बैशाख २०८१, सोमबार | May 7, 2024

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिश



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिश गरिएको छ ।

सरकारले गठन गरेको सिफारिश समितिको सोमबार बसेको बैठकले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिश गरेको हो । अध्यक्षका लागि कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल सिफारिश भएको एक सदस्यले जानकारी दिए ।

सिफारिश भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ । अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो ।

१५ जनामध्ये छनोट तथा सिफारिश समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो । पाँच जनामध्येबाट पनि तीन जनालाई सिफारिश गरिएको हो ।

यसअघिका अध्यक्ष भीष्म ढुंगानाले राजीनामा दिएका थिए । सेयर खरिदबिक्रीको विवादमा मुछिएपछि उनले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : ४८ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,