३ भदौ २०८३, बुधबार | August 20, 2026

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिश



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिश गरिएको छ ।

सरकारले गठन गरेको सिफारिश समितिको सोमबार बसेको बैठकले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिश गरेको हो । अध्यक्षका लागि कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल सिफारिश भएको एक सदस्यले जानकारी दिए ।

सिफारिश भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ । अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो ।

१५ जनामध्ये छनोट तथा सिफारिश समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो । पाँच जनामध्येबाट पनि तीन जनालाई सिफारिश गरिएको हो ।

यसअघिका अध्यक्ष भीष्म ढुंगानाले राजीनामा दिएका थिए । सेयर खरिदबिक्रीको विवादमा मुछिएपछि उनले राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : ४८ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने