८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान



तुलसीपुर । दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान सञ्चालन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले उक्त अभियान सुरु गरेको हो ।

विमानस्थल विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरूले नै विमानस्थल विस्तार गरेर देखाउने भन्दै यो अभियान सञ्चालन गरिएको सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले बताए । “राज्यले विमानस्थल विस्तारमा कुनै चासो देखाएन”, उनले भने, “त्यसैले हामीले जसरी पनि यहाँको विमानस्थल विस्तार गरेर देखाउँछौँ, त्यसका लागि जति सकिन्छ, एक रुपैयाँ भए पनि हाम्रो खातामा जम्मा गरिदिनुहोला ।”

विमानस्थलको धावनमार्ग विस्तार गर्न सकिने र त्यसमा कुनै समस्या नहुँने भन्दै विमानस्थल विस्तारको सम्भावना रहेको उनले बताए । उनका अनुसार अहिले वन कार्यालय, त्यहाँको समुदायलगायतसँग छलफल गर्नुका साथै प्राविधिकसँग परामर्श गरिरहेको भन्दै केही दिनमा त्यहाँ धावनमार्ग विस्तार गरेर देखाउने तयारी रहेको छ । त्यहाँ १८ सय मिटर धावनमार्ग बनाएर देखाउने उनले बताए । त्यसका लागि सङ्घले अहिले विभिन्न सरोकारवालासँग छलफल तथा अन्तक्र्रिया गरिरहेको छ ।

आर्थिक सङ्कलनका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घ विमानस्थल नाममा राष्ट्रिय वाणिज्य बैंकमा ४१६०१०००००००७००६ नम्बर खता सञ्चालनमा ल्याएको छ । खातामा स्वेच्छिकरूपमा रकम जम्मा गर्न समेत अध्यक्ष चालिसेले सबैलाई अनुरोध गरेका छन । “देश- विदेशमा बस्ने सबैले विमानस्थल विस्तारका लागि सहयोग गर्नुहोला”, उनले भने, “हामी तपाईँको सहयोगले नै विमानस्थल विस्तार गर्नेछौँ ।” सोही खातामा सङ्घका अध्यक्षले रु ५१ हजारको चेक हस्तान्तरण गरेर खुत्रुके अभियान सुरु गर्नुभएको हो ।

सांसदहरू प्रतिबद्ध

सङ्घले सोमबार दाङको पश्चिम क्षेत्रका सांसदहरूसँग अन्तक्र्रिया गरेको छ । सोही अवसरमा सांसदहरूले प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी र राष्ट्रियसभा सदस्य कोमल वलीले विमानस्थल विस्तारमा हातेमालो गर्ने बताएका थिए । यसअघि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’को नेतृत्वमा गएको दाङका सांसदको टोलीले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई ध्यानाकर्षण गराएको थियो ।

साथै उक्त विमानस्थल विस्तारका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने सङ्घका अध्यक्ष चालिसेले बताए । उनले यहाँको विमानस्थलको धावनमार्ग ७५० मिटर लम्बाइ र ३० मिटरमात्रै चौडाइ हुँदा सानो जहाजमात्रै बस्दै आएको छ । सानो जहाज बस्दा नौ हजारको हाराहारीमा भाडा तिर्नुपर्ने अवस्था छ । यदि धावनमार्ग विस्तार गरे ठूलो जहाज बस्न सक्ने र सस्तो भाडामा दाङ-काठमाडौं आवतजावत गर्न सकिने अध्यक्ष चालिसेको भनाइ छ । अहिले टरिगाउँ विमानस्थलमा शुक्रबार र शनिबारबाहेक अन्य दिनमा उडान भर्दै आएको छ ।

विसं २०११ मा उक्त विमानस्थल सञ्चालनमा आएको हो । यसबीचमा पटक-पटक बन्द हुने र सञ्चालन हुने प्रक्रिया चलिरहह्यो । जसबाट विसं २०१३ देखि २०४२ सम्म घाँसेमैदान छँदै दैनिक नियमित विमान सञ्चालन भएको थियो । विसं २०४३ मा बन्द भएको हवाईसेवा २०४८ मा फेरि सुरु भएको थियो । फेरि विसं २०५४ मा बन्द भएर २०५९ पुनः सञ्चालनमा आएको थियो । त्यसपछि २०६३ मा पुनः बन्द भएको विमान सेवा २०७६ देखि नियमित उडान भइरहेको हो ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ९ : ३२ बजे

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

गण्डकी । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित

आफ्नो चुनाव चिह्न अङ्कित झन्डा जलाएकामा एमालेको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

बागमती प्रदेश सरकारका बहुवर्षीय योजनाको काम धमाधम

बागमती ।  बागमती प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत सहरी विकास तथा

मुक्तिनाथको दर्शनपछि प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन सफल पार्न निर्देशन

मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्कीले वारागुङ मुक्तिक्षेत्र-१ स्थित पवित्र मुक्तिनाथ

भैरहवापछि रास्वपाको पोखरा सभा पनि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएको