१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बुटवलमा ३ जना चढेको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते



बुटवल । बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ मिलनचोकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एकजना गम्भीर घाइते भएका छन ।

तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल आज बिहान करिब चार बजे बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ मिलनचोकमा अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका-९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनीहरुको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक २१ वर्षीय बिमल रानाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ९ : ५१ बजे

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत

जनकपुर-जयनगर रेल अनिश्चितकालका लागि बन्द

जनकपुरधाम । धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर-जनकपुर-भंगहा

चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु

काठमाडौं । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफ्ना प्रतियोगिताको स्वामित्वको

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान