१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

वरिष्ठ साहित्यकार ताना शर्माको निधन



काठमाडौं । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज मस्तिष्काघातबाट निधन भएको छ ।

उनी ताना शर्माका नामबाट लोकप्रिय थिए । विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनी ‘झर्रोवादी आन्दोलन’का एक अगुवा थिए । उनले नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् ।

डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए ।

शर्मा पाठ्यपुस्तक लेखक पनि हुनुहुन्थ्यो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

शर्माको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ११ : ५९ बजे

Four Bodies Recovered in Broad Peak Avalanche, Says Alpine Club President

Kathmandu: Four bodies have been recovered by ground rescue teams

ब्रड पिक दुर्घटना अपडेट : उद्धार टोलीद्वारा चार शव फेला – अल्पाइन क्लब अध्यक्ष

काठमाडौं। पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परेर सम्पर्कविहीन बनेका आरोहीहरूको

धनुषामा मृत फेला व्यक्ति पूजारी नभएको प्रहरीको प्रष्टोक्ति

काठमाडौं । धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा फेला परेका

ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन निर्मल पुर्जाको टोली खोज्न हेलिकोप्टर परिचालन

काठमाडौं। पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार

झापा । मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत