४ पुस २०८२, शुक्रबार | December 19, 2025

जसपा विवाद उत्कर्षमा : अध्यक्ष यादव अल्पमतमा, भट्टराई समूह बहुमतमा रहेको दावी



काठमाडौ । ‘समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र इतर पक्षले बहुमत जुटाएका छन् ।

केन्द्रीय कार्यकारिणी, संघीय सांसद र केन्द्रीय समितिमा बहुमत जुटाएर बसेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले अध्यक्ष यादवमाथि दबाब बढाएका हुन् ।

‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन गर्नका लागि अध्यक्ष ९यादव०ज्यूले आनाकानी गरिरहनु भएको छ । तर, सो मुद्दाको पक्षमा पार्टीभित्र स्पष्ट बहुमत जुटेको छ,’ असन्तुष्ट केन्द्रीय नेता मोहम्मद इस्तियाक राईले भने, ‘बहुमतको निर्णय मान्नु हुन्छ कि एकल रूपमा चल्नु हुन्छ ? त्यसको निर्णय गर्ने जिम्मा अब अध्यक्षज्यूको काँधमा छ ।’ उनका अनुसार बहुमतको निर्णयलाई स्वीकार गरेर अध्यक्ष यादव समावेशी र सामूहिक नेतृत्वका लागि तयार हुनुपर्नेछ ।

तर, अध्यक्ष यादवसँग असन्तुष्ट राईले अध्यक्ष यादवको विपक्षमा के कति मत छ ? भन्ने बारेमा स्पष्ट रूपमा खुलाउन भने चाहेनन् । यद्यपि, शीर्ष नेतृत्वदेखि केन्द्रीय समितिसम्म यादवको विपक्षमा मत प्रकट भने भइरहेको छ ।

भट्टराई निकट एक नेताका अनुसार कार्यकारिणी समितिमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका भट्टराई समूहसँग २१ र यादवको पक्षमा आठ जना छन् भने ११ जना सांसद भट्टराईको पक्षमा खुल्दा यादवलाई आठ जना सांसदले मात्र साथ दिइरहेका छन् ।

यसैगरी, केन्द्रीय समितिमा ३०४ असन्तुष्ट समूहमा खुल्दा यादव भने २०३ सदस्यले मात्र साथ दिएको भट्टराई निकट नेताले जानकारी दिए ।
यसैगरी, यादव एकल नेतृत्वमा रहिरहने चाहनाको विपक्षमा भट्टराईसहित अशोक राई, महेन्द्रराय यादव, राजकिशोर यादव, मोहम्मद इस्तियाक राई, प्रदिप यादवलगायतका नेताहरू उभिइरहेका छन् ।

‘बहुमतको निर्णय अस्वीकार गरेको खण्डमा अध्यक्ष यादवविरुद्ध कठोर निर्णय लिन हाम्रो समूह तयार छ,’ भट्टराई निकट ती नेताले भने, ‘सामूहिक नेतृत्वमा जसपा नगई सुखै छैन । यसको संरचना नै समावेशी र समानुपातिक प्रतिनिधित्व झल्काउने हो, यो अब झल्किनुपर्छ ।’

उनका अनुसार गत आइतबार लाजिम्पाटमा बसेको शीर्ष नेताहरू यादव, भट्टराई, राई, मन्त्री यादव र राजेन्द्र श्रेष्ठसहितको सामूहिक बैठकमा ‘समावेशी र सामूहिक नेतृत्व’ स्वीकार गर्न अध्यक्ष यादवमाथि दबाब बढाइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ३ : ४७ बजे

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह