२५ माघ २०७९, बुधबार | February 8, 2023

सदनमा विधेयक अड्काएर राख्न हुँदैन : अध्यक्ष तिमिल्सिना



काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पहिलोपटक संसदीय समितिको बैठकमा सहभागी भएका छन् । संघीय संसद राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मंगलबार अध्यक्ष तिमिल्सिना सहभागी भएका हुन् ।

सामान्यतया संसद बैठकको अध्यक्षता गर्ने अध्यक्ष तथा उपाध्यक्ष ‘मिनी संसद’का रूपमा रहेका समितिहरूको बैठकमा सहभागी हुने प्रचलन छैन । तर, अध्यक्ष तिमिल्सिनाले समयअनुकुल हुँदा समितिको बैठकहरूमा सहभागी हुने सोचमा रहेको जानकारी दिए ।

विधायन व्यवस्थापन समितिको मंगलबारको बैठकमा सार्वजनिक सेवा प्रशासन विधेयक माथि छलफल भएको थियो । सोही नियमित बैठकमा अध्यक्ष तिमिल्सिना सहभागी समिति सभापति पर्शुराम मेघी गुरुङले बताए ।

उनले अध्यक्ष तिमिल्सिनालाई राष्ट्रिय सभामा आएका विधेयक माथि चार चरणमा छलफल गरी प्रतिवेदन सभासमक्ष पेस गर्ने गरेको जानकारी दिए ।
समितिको बैठकमा विधेयकमाथि सदस्यहरूको छलफलपछि अध्यक्ष तिमिल्सिनाले विधायन व्यवस्थापन समितिले चार वर्षमा निकै प्रभावकारी ढंगले काम गरेको बताए ।

‘प्रतिनिधि सभामा विषयगत समितिहरू छन् । तर, राष्ट्रिय सभामा विधेयकमाथि छलफल गर्ने विधायन व्यवस्थापन समिति मात्र हो,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘एउटै समितिले निकै मिहिनेत गरेर राष्ट्रिय सभामा आएका विधेयकहरू सहमतिका साथ टुंग्याएको छ।’

अध्यक्ष तिमिल्सिनाले सरकारले कानुन संशोधन आवश्यक भएर ल्याएका विधेयकहरू लामो समय सदनमा अड्काएर राख्न नहुने बताए । ‘सरकारले कानुन निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने भएकाले संसदमा विधेयक ल्याउँछ,’ उनले भने, ‘यसलाई समयमा कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ भन्नेमा सदन सचेत हुनुपर्छ । तर, राष्ट्रिय सभाले २०७५ सालमा टुंगो लगाएर प्रतिनिधिसभामा पठाएका विधेयक अहिलेसम्म फिर्ता आएको छैन । यसमा सरकारले पनि चासो राख्नुपर्छ ।’

प्रतिनिधिसभामा उत्पत्ति भएका विधेयक राष्ट्रिय सभामा पठाएको ६० दिनभित्र प्रतिनिधि सभामा फिर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । तर, राष्ट्रिय सभामा उत्पत्ति भएर प्रतिनिधिसभाबाट राष्ट्रिय सभामा फिर्ता हुने समयअवधि निर्धारण नहुँदा विधेयक अड्किएर बसेको अध्यक्ष तिमिल्सिना बताए ।
त्यसैगरी अध्यक्ष तिमिल्सिनाले संसदले बनाएका ऐनअनुसार सरकारले बनाउने नियमावली÷निर्देशिका बारे संसदलाई जानकारी गराउने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ४ : ५९ बजे

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान जारी, आजै नतिजा आउने

दाङ। लुम्बिनी प्रदेशमा एक सिटका लागि राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान

मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको

८ औं मणिमुकुन्द रनिङकप भलिबल : दोस्रो दिनको पहिलो खेलमा नवलपुर विजयी

बुटवल । रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाको आयोजनामा मगलबारदेखि सुरु

राष्ट्रपतिबारे उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ

सुन तोलाको दुई सयले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार