बुटवल । बुटवल उपमहानगपालिकाले ६३ औ स्थापना दिवस मनाएको छ । एक सातादेखि विभिन्न रचनात्मक कार्यक्रम गरेको उपमहानगरले मंगलबार औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको मुल समरोहमा शुभकामना आदानप्रदान गर्दै विभिन्न वक्ताहरुले बुटवलले तय गरेका समृद्धिका आधारशीलाको कार्यान्वयनमा केन्द्रित हुन आग्रह गरेका छन् ।
बृहत बुटवलको अवधारणालाई साकार पार्ने काममा सबैको सहकार्य रहेको समेत कार्यक्रममा अतिथिका रुपमा सहभागी विभिन्न क्षेत्रका वक्ताहरुले आवधिक योजनाको कार्यान्वयन र दीर्घकालीन योजनाको निरन्तरताले बृहत बुटवलको अवधारणा साकार हुने समेत विश्वास गरेका छन् । हालसम्मका कामको समीक्षा गर्दै र दीर्घकालीन योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनसमेत कार्यक्रमका सहभागीले आग्रह गरेका छन् ।
मूल समारोहलाइ संवोधन गर्दै प्रतिनिधी सभा सदस्य छविलाल विश्वकर्माले बुटवल उपमहनरपालिकाले नेपालकै नमुना नगरको रुपमा काम गरेको बताएका छन । ऐतिहासिक सहर, प्राचीन सहर र पर्यटकीय केन्द्रको सहरको रुपमा रहेको बुटवललाई समृद्ध बनाउने गरि तय गरिएका योजनाहरु साकार हुँदै गएको भन्दै उनले प्रशंसा गरे ।
उनले पाँचौंपटकसम्म पनि निरन्तर कार्यसम्पादन मुल्यांकमा नेपालकै पहिलो स्थानमा आउनु आफैमा गौरवको विषय भएको र अहिलेको बृहत बुटवलको अवधारणा पनि अर्को महत्वपूर्ण रहेको बताए । गर्विलो ईतिहास बेकेको बुटवल उपमहानगरपालिकाले पछिल्लो समयमा भौतिक पुर्वाधार विकासका साथै शिक्षा, सामाजिक क्षेत्रमा समेत ठूलो योगदन गरेको भन्दै जुन नेपालका अन्य नगरपाालिकाले समेत अनुशरण गर्नुपर्ने काम भएको बताए ।
नेपाल सरकारका पूर्व कृषि मन्त्री समेत रहेका नेता विश्वकर्माले नेपालकै मध्यभागमा रहेको बुटवल उपमहानरपालिकाले नेपालकै प्रतिनिधित्व गर्ने भन्दै यहाँको औद्योगीक क्षेत्र विकास, शैक्षिक क्षेत्रको विकासमा समेत नगरपालिकाले महत्पूर्ण भुमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवल आफैमा गौरवपूर्ण ईतिहास बेकेको शहर भएको भन्दै इतिहासलाई साक्षि राखेर विकासको कामलाई उत्कृष्ठता प्रदान गरिएको बताए ।
वीरताको किल्ला र स्वाभिमानको प्रतिक जितगढी किल्लाको सम्पदा, आदिमानव रामापिथेकशको सभ्यता र बुद्धावलीको बुद्धको सभ्यतालाई केन्द्रमा राखेर बृहत बुटवलको अवधारणाका साथ योजना कार्यान्वयनमा केन्द्रित रहेको बताए । सबैको साझा पहलबाट मात्रै समृद्ध बुटवल सुखी बुटवल बासी हुने परिल्कपना गरिएको भन्दै साझा अभियानको लागि सबैले हातेमाले गर्नुपर्ने बताए ।

उनले चुनावी प्रतिवद्धता तथा घोषणापत्रमा उल्लेख गरिएका विषयभन्दा पनि धेरै काम भएको र अरु प्रतिस्पर्धी दलहरुका समेत चुनावी घोषणापत्रलाई अध्यय्न गरेर साझा निचोड सहितका योजना छनौट गरि कार्यान्वयन गरिरहेको बताए ।
उपप्रमुख गुमादेवी आचार्यले लैगिंकहिंसामुक्त सहर, मानवताको सहर, सीपयुक्त, इलमयुक्त नागरिक भएको सहर र लगानीमैत्री सहरका रुपमा बुटवललाई पहिचान दिलाउनेगरी काम गरिएको उल्लेख गरिन ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा महिला अगुवा सावित्रा अर्याल, नेपाली काग्रेसका महासमिति सदस्य युवराज गिरी, नगरका पूर्वमेयर तथा राप्रका नेता पुनाराम पोखरेल, पूर्व उपप्रमुख रामप्रसाद खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, उद्योग वाणिज्य संघका मुक्ति अधिकारीलगायतले बोल्दै उपमहानगरले तय गरेका योजनाले समृद्धिको आधारशीला तयार गरेको बताए ।
भौतिक विकास संगै आर्थिक, सामाजिक विकास र सन्तुलनमा ध्यान दिएर कतिपय अधुरा आयोजना साकार पार्न आफुहरुले सहकार्य गर्नेसमेत कार्यक्रमका वक्ताहरुको भनाइ थियो ।
श्रमजीवी पत्रकार सम्मानित
बुटवल उपमहानरपालिको स्थापना दिवसको अवसर पारेर श्रमजीवी पत्रकारहरु १५ जना लाई नगदसहित सम्मान गरेको छ । सम्मानित हुने पत्रकारहरुमा भरत केसी, प्रदिप आचार्य, भगवती पाण्डे, अमृता अनमोल, यानेन्द्र जिसी, सुमन अधिकारी, विक्रम खड्का, रामप्रसाद आचार्य, दिनेश कुमार श्रेष्ठ कृष्ण खनाल, मिना ढकाल, तेजेन्द्र केसी, मनिराम पन्त (मनिष), चन्द्रकान्त खनाल र अस्मीना पाण्डेलाई जनही दश हजार नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

बुटवलमा रहेका लुम्बिनी सामुदायिक टेलिभिजन, बुद्ध सामुदायिक टेलिभिजन र राज्य टेलिभिजनलाई संस्थागत मिडियाका रुपमा सम्मान गरिएको थियो । यस्तै बुटवलबाट सञ्चालित विभिन्न अनलाईनहरु खबरकुरा डटकम, ग्लोबल आवाज, समयचक्र, नागरिक अनलाईन, लुम्बिनी अनलाइन, बुटवल अनलाईन, समतल अनलाईन, जितगढी अनलाईनलाई समेत संस्थागत मिडियाका रुपमा सम्मान गरिएको छ ।
यसैगरी रुपन्देहीका ६ वटा दैनिक पत्रपत्रिकाहरु मेचीकाली सन्देश, बुटवल टुडे, दैनिक लुम्बिनी, दैनिक पत्र, नव तिलोत्तमा दैनिक र गौतमुबद्ध सन्देश दैनिकलाइ पनि संस्थागत मिडियाका रुपमा सम्मान गरिएको छ । बुटवलबाट सञ्चालित समुदायिक तथा व्यवसायिक एफएम रेडियोहरुलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।
उत्कृष्ट करदाताहरु सम्मानित
बढि कर बुझाउने सम्मानित नगरपालिकाले स्थापना दिवसको अवसरमा सबैभन्दा बढि कर बुझाउने करदातालाई सम्मान गरेको छ । सम्पत्तीकर तर्फ बढि कर बुझाउने सम्पत्ती कर बढि बुझाउने विलासमोहन बाझांगथाने, ईश्वरी पाठक र मधुसुदनलाल श्रेष्ठलाई व्यक्तिततर्फ र संस्थागत तर्फ नेपाल हाईड्रो एण्ड ईलेक्ट्रीक लिमिटिड, एभरेष्ट बोडीङ्ग स्कुल प्रालि बुटवल, सुरपद्मा हाउजिङ्ग प्रालि बुटवललाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरिएको छ । यस्तै वाहल कर बढि बुझाउने मधुसुनदलाल श्रेष्ठ, पोष्टराज ज्ञवाली÷मन्जु ज्ञवाली, कुसुमदेवी शाक्यलाई पनि सोही अवसरमा सम्मान गरिएको छ ।
यस्तै स्थापना दिवसकै अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट कर्मचारीहरु, बुटवलको शैक्षिक, पर्यटन प्रवद्र्धन, कृषि प्रवद्र्धन, समाजसेवा, औद्योगीक क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्याक्तित्वहरु, संघ संस्थाका प्रमुखहरु, नमुना काम गर्ने विभिन्न निकाय, विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्याक्ति, खेलकुद, कला, क्षेत्रका व्याक्ति निर्माण व्यवसायी, कोभिडका समयमा सहकार्य गर्ने संघ संस्था क्लव तथा व्याक्तिहरु, समाजिक अभियान्ता, महिला स्वयम सेविका सहित उत्कृष्ठ कार्य गर्ने कर्मचारीहरुलाई समेत सम्मान तथा पुरस्कृत गरिएको हो । कार्यक्रमको सञ्चालन उपमहानगरका वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले गरेका थिए ।



















प्रतिक्रिया